Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लण्डन– बेलायतको वकिङ सहर नजिकै किराँत राईहरुको आफ्नै भूमीग्याम्बलस् लेन, रिप्ले अवस्थितमाङखिम (पुजा घर )तथा साकेला स्थलमा किराँतहरुको प्रथम राजा यलम्बरहाँङको सम्झनामा स्मृति दिवस सम्पन्न भएको छ ।

यस वर्ष उनीहरुले यलेदोङ (५०७५) यलम्बरहाँङ स्मृति दिवस मनाएका हुन् । किराँतीहरुले सुम्निमा–पारुहाङ्गको तस्विर, र सेउलीको थानमा पूजा गर्ने चलन रहेको कार्यक्रम संयोजक डम्बर राईले बताए ।

किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदमबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जर्मनीका पूर्वनिमित्त राजदूत तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाÞ नोबेलकिशोर राई हुनुहुन्थयो ।

कार्यक्रममा बेलायतको पहिलो प्रस्तुती किराँती मिथकमा आधारित गीति एल्वम आम्लाबुङ (सुनखरी फुल) विमोचन गरिएको थियो । एल्वम सुनखरीमा जम्म १० वटा गीतमा किराँतीहरुको एतिहासिक मिथक हराउन लागेको शव्दहरुको संकलन रहेको र अन्य नेपाली बाजाहरुको समिश्रण समेत रहेको छ ।
कार्यक्रममा साँस्कृति नृत्य प्रस्तुत गरियो ।

कार्यक्रममा यलम्बरहाङको सम्झनास्वरुप धनुकाँड प्रतियोगिता गरिएको थियो । धनुकाँडको मट्यांग्रा धरान विजयपुरको जंगलमा खोज्न जाँदा किराती राजाको भताभुङ्गे दरबार भेटिएको तर किरात समुदायले चासो नदिएको गुनासो उपस्थित अगुवाहरुले गरेका थिए ।

तपाईको प्रतिक्रिया