Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई– युएईस्थित क्रियाशिल रहेका विभिन्न संघ संस्था, समाजसेवी, पत्रकार र नेपाली समाज युएईलाई स्थापनाकालदेखि टेवा पुर्‍याउँदै आएका व्यक्ति बिशेषहरु दुबईमा सम्मानित भएका छन् ।

२४ जुलाई शुक्रबार दुबईको इम्पिरियल सुईट होटलमा नेपाली समाज युएईले स्थापना भएको २५ औँ बर्ष पूरा गरेको अवसर पारेर एउटा भव्य सांगीतिक कार्यक्रमको बीचमा गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा रोवर्ट व्लिशन रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाली समाज युएईका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार व्यावसायी र कलाकारहरु रहेका थिए ।

दुई चरणमा विभाजित गरिएको सम्मान कार्यक्रमलाई प्रमुख अतिथिका साथ अन्य अतिथिहरुले संयुक्त रुपमा दीप प्रज्योलन गरी केक काटेर थालनी गरिएको थियो । समाजसेवी विमल प्रधानको शुभकामना मन्तव्यसँगै औपचारिक कार्यक्रमलाई महासचिव मणि भुर्तेलद्धारा संचालन गरिएको थियो भने सांस्कृतिक कार्यक्रमलाई गायक हरि डुम्रेले संचालन गर्नु भएको हो ।

सन् १९९० मा स्थापना भएको सबैभन्दा पुरानो नेपाली समाज युएईले समाजसेवी, पत्रकार र संघ संस्थाहरुलाई सम्मान गरी आगामी दिनहरुमा अझै जागरुक भई समाज सेवामा लाग्नलाई अपार उर्जा र हौसला थपिदिएको छ । सम्मानित भएका संस्थाहरुमा जम्मा २४ संस्था रहेका छन् भने व्यक्ति बिशेषहरुमा १५० जनाभन्दा धेरै रहेका छन् । यस सम्मान कार्यक्रमले नयां युवा वर्गलाई समेत समाजमा प्रवेश गरी समाज सेवामा लाग्न प्रेरणा जगाएको पाईन्छ ।

स्थानीय कलाकार हरि डुम्रेले गाएको ‘मेरी काली फेसबुकमा आकी छ’ गीतले चिसो हललाई हलका तताउन सुरु गरेको थियो । अर्जुन न्यौपानेले गाएको ‘लेकमा गुंरास’ गीतले दर्शकहरुलाई नचाउन समेत भ्याए ।

‘तिम्रो मायामा’ भन्ने गीतमा आशिकी पाण्डे र जीवन गुरुङको युगल जोडीलाई पनि सबैले मन पराए । त्यसैगरी सन्तोष खरेलको हांस्य नृत्य, दीपिका गुरुङको नृत्य र पंचे बाजामा हरि डुम्रे र सविता आचार्यको नृत्य पनि निकै सान्धर्भिक लाग्दथ्यो ।

सोही अवसरमा अस्वस्थ्य भएर हस्पितालमा भर्ना भएकी एउटा महिलाको उपचारका लागि समाजसेवी सालिक सुवेदीले अध्यक्ष सापकोटालाई नगद १,००० दिराम हस्तान्तरण गरेको छ ।

वक्ताहरुले आ–आफ्ना मन्तव्यको क्रममा नेपाली समाज युएईले गरेको सम्मान कार्यक्रमलाई अति नै सफल र राम्रो कार्यको रुपमा वर्णन गरेका छन् । आगामी दिनहरुमा यस समाजले अझै धेरै काम गर्ने योजना रहेको अध्यक्ष चन्द्रप्रसाद सापकोटाले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया