अष्ट्रेलिया- नेपाली युवती सविता लामाले अष्ट्रेलियाको ‘ब्याङ्स कम्युनिटी भोलेन्टिएर अवार्ड’ जितेकी छिन् ।
उनलाई आफ्नो नेपाली संस्कृति र परम्परालाई सिड्नीमा जन्मेका नेपाली बालबालिकालाई सिकाउने महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
सिड्नीको मोर्टडेलमा आयोजना गरिएको एक कार्यक्रममा लामालाई अष्ट्रेलियाका सञ्चारमन्त्री मालकम टर्नबोल र उक्त क्षेत्रका सांसद डेभिड कोलम्यानले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।
अवार्ड पाएपछि लामाले समुदायको हकहितमा काम गर्ने थप प्रेरणा मिलेको बताइन् ।








