Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

आमस्टारडाम– बिनासकारी महाभुकम्पबाट प्रभावित नेपालको पुनर्निमार्णका लागि नेदरल्याण्ड्सबाट एकै दिनमा एक करोड भन्दा बढी रकम संकलन भएको छ ।

२८ जुनका दिन नेदरल्याण्ड्सको मास्टिक सहरमा ग्लोवल एक्सपोलोरेसन नामक संस्थाले नेपालमा सहयोग गर्ने उद्धेश्यका साथ आयोजना गरेको नेपाल डे मार्फत उक्त रकम जम्मा भएको हो ।

नेपाल फेस्टिबलका रुपमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम तथा स्टलहरु मार्फत उक्त रकम जम्मा भएको हो ।

कार्यक्रममा उपस्थित भएका गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सका वरिष्ठ उपाध्यक्ष हिमाल गुरुङलाई आयोजक ग्लोबल एक्सपोलोरेसनले सांकेतिक चेक हस्तान्तरण गरेका थिए । उपाध्यक्ष गुरुङका अनुसार उक्त रकम एनआरएन नेदरल्याण्ड्स मार्फत नभई नेपालमा कार्यरत कुनै डच संस्था मार्फत सहयोग गरिने आयोजकहरुले जानकारी दिएको बताएका छन् ।

यसअघि नेदरल्याण्ड्सबाट खिरो ५५५ अभियान मार्फत करिव एक अर्ब उठाइएको थियो ।

तपाईको प्रतिक्रिया