Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

बेल्जियम । क्षेत्री समाज बेल्जियमले नेपाली नया बर्ष २०७२ सालको अवसरमा बेल्जियमको लुभेन शहरमा सोमबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष मोहन खत्रीले प्रवासमा रहेर पनि क्षेत्री सामाज बेल्जियमले आफ्नो स्थापना काल देखि बिदेशमा रहेर पनि नेपाल नेपालीको सस्कृति झल्कने बिभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।

उहाँले यस बर्ष पनि नेपाली नयाँ बर्ष उमंगसंगै जो जहा रहे पनि नेपाली संस्कृतिलाई भुल्न नहुने र यसलाई क्षेत्री समाज बेल्जियमले निरन्तरता दिदै आएको बताउँनु भयो । उहाँले सबैलाई नया बर्षको शुभकामना समेत दिनुभयो ।

उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद् सदस्य जानकी गुरुङले आफ्नो शुभकामना मन्तब्य दिदै नेपाल देखि टाढा रहे पनि क्षेत्री समाज बेल्जियमले नेपाली बर्ष मनाउदै आएको र यसलाई निरन्तरता दिदै भावी पिडीहरुलाई पनि आफ्नो सस्कृति प्रति उन्मुख गराउनु पर्ने जोड दिनुभएको थियो ।

ईन्द्रधनुष क्लव बेल्जियमका अध्यक्ष सुर्य ढकाल ले व्यस्तताका बाबजुत पनि आफ्नो कला सस्कृति जोगाई राख्न का निमित्त क्षेत्री समाज बेल्जियमले बिगत देखि बेल्जियममा रहेका नेपाली हरुलाई एकताबद्ध गराई प्रवासमा भए पनि स्वदेश कै झल्को दिने कार्यक्रम हरु गर्दै आएकोमा बिशेष धन्यबाद दिदै नयाँ बर्ष को शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी एनआरएन ए बेल्जियमका महासचिव माधव सापकोटा तथा सल्लाहकार बोधराज पौडेलले नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

शुभकामना आदान–प्रदान सहितको कार्यक्रमा आनेसास बेल्जियमका दिपेन्द्र के सी, बिपी स्मृति प्रतिष्ठान की सीता सापकोटा, चितवन सहायता कोषकी पार्वती अधिकारी, सांग्रीला समाजका परमानन्द सापकोटा लगाएत बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजको तर्फ बाट नयाँ बर्षको शुभकामना सहित उपस्थितहरुलाई यशोदा थापाले स्वागत गर्नुभएको थियो । कार्यक्रम सस्थाका महासचिव नगेन्द्र बस्नेथले संचालन गर्नुभएको थियो ।

खान पिन कार्यक्रम सहित आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलेएक अर्का बीच शुभकामना आदान प्रदान सहित रमाईलो नाचगान गरी मनाएका थिए । क्षेत्री समाज बेल्जियमले भब्य सास्कृतिक कार्यक्रम सहित आगामी दशैँ कार्यक्रमको बिशेष आयोजना गरी मनाउने तयारी गरेको समेत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया