Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

11090830_10153246842319282_1828714319915569204_oलण्डन – बेलायतमा रहेका नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बेलायत शाखाको साधारणसभा आइतबार सम्पन्न भएको छ ।

लण्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा सम्पन्न साधारणसभा कार्यवाहक नेपाली राजदूत तेजबहादुर क्षेत्री र महासंघ बेलायत शाखाका अध्यक्ष चिरन शर्माले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।
साधारणसभा सफलताको शुभकामना दिंदै कार्यवाहक राजदूत क्षेत्रीले दूतावास पत्रकारहरुसंग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।

त्यस्तै गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द कँडेलले पत्रकारहरुसंगको सहकार्यमा एनआरएनए युकेले छिट्टै च्यारिटी गर्न लागेको जानकारी दिंदै त्यसमा सहयोग पुर्‍याउन आग्रह गर्नुभएको थियो ।

गैर आवासीय नेपाली संघ युकेका संरक्षक एवं पूर्व अध्यक्ष सूर्य गुरुङले बेलायतका नेपाली समाजमा भइरहेका सकारात्मक कुराहरुलाई स्थान दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष चिरन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार भगिरथ योगीले बेलायतमा रहेका नेपाली पत्रकारहरु व्यवसायिकता तर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।

सो अवसरमा जनजाती पत्रकार महासंघ बेलायतका अध्यक्ष किरण टि लिम्बु, एभरेष्ट टाइम्स साप्ताहिकका लिलामान शेरपुञ्जा, एनआरएन आइसीसीका सदस्य विनोद ज्ञवाली, प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष रामशरण सिंखडा, जनसम्पर्क समिति बेलायतका महामन्त्री शिव तिम्सिना, प्रवासी नेपाली समाजका अध्यक्ष रोशन सापकोटा, तमुधिं युकेका अध्यक्ष रामचन्द्र गुरुङ (सूर्जे), समाजसेवी इशा गुरुङ, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपांगी मगरले शुभकामना मन्तव्य दिनुभएको थियो भने अर्का उपाध्यक्ष धर्मराज अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महासचिव श्याम लुइंटेलद्वारा सञ्चालित कार्यक्रममा एकबर्ष भित्र शाखाले गरेका गतिविधि समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा गायक पत्रकार सुजन पराजुलीले स्वागत गीत गाउनुभएको थियो गीतकार एवं पत्रकार नृपेश उप्रेतीले गजल सुनाउनुभएको थियो ।
बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । साधारणसभामा युवा सञ्चाकर्मीहरुको सक्रियतामा सञ्चालित रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको थियो ।

औपचारिक कार्यक्रमपछि बसेको बन्दसत्रमा महासचिव श्याम लुइंटेलद्वारा प्रस्तुत सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष देवी गौतमद्वारा प्रस्तुत शाखाको आर्थिक प्रतिवेदन सामान्य संशोधन सहित पारित गरिएको थियो । त्यस्तै संस्थाले एनआरएनएसंगको सहकार्यमा आगामी ३१ मे मा गर्ने च्यारिटी कार्यक्रमबारे संयोजक फडिन्द्र भट्टराई तथा सदस्य वाचस्पती रेग्मीले जनाकारी दिनुभएको थियो भने, पत्रकार आचारसंहिताबारे वरिष्ठ पत्रकार भगिरथ योगीले पत्रकारहरुलाई अवगत गराउनुभएको थियो ।***

11154935_10153246839649282_7934744649004906092_o
11090830_10153246842319282_1828714319915569204_o11149621_10153246848969282_7082237696580506043_obike-fire11074440_10153246858764282_6872115791698755646_o

तपाईको प्रतिक्रिया