Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई– खुट्टामा समस्या भएपछि दुबईमा रहेका नरेश टमट्टालाई सुदुरपश्चिम सेवा समाज युएईले ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । टमट्टालाई दुबईस्थित सिटी ट्राभल्सको कार्यालयमा शुक्रबार एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको हो । टमट्टाको बाँया खुट्टाले काम नगर्ने भएपछि कम्पनीले नेपालमै सस्तो उपचार हुने भन्दै उपचार गर्न विदा दिने भएको छ । स्थानीय अस्पतालमा धेरै खर्च लाग्ने भएपछि टमट्टा आफ्नो खुट्टाको उपचार गर्न नेपाल जाने हुनुभएको हो ।

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका निवासी टमट्टा दुबईस्थित एउटा कम्पनीमा विगत १ बर्षदेखि कार्यरत हुनुहुन्छ । पीडितबाट समाजमा सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरिएइको समाजले जनाएको छ । उपचारका लागि खर्च धेरै लाग्ने र आफ्नो आर्थिक स्थिति कमजोर भएको हुनाले समाजबाट सहयोग गरेको अध्यक्ष शिवराज जैसीले बताउनु भएको छ । उपचार गरेर स्वास्थ्य भएपछि पुनः कम्पनीले काममा बोलाउने भएको टमट्टाले जानकारी दिनुभयो ।

सो रकम सुदुरपश्चिम सेवा समाज युएईका अध्यक्ष शिवराज जैसी, कोषाध्यक्ष संध्या भण्डारी बोगती र अन्य पदाधिकारीहरुले पीडित टमट्टालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । आर्थिक संकलनमा समाजका सबै सदस्यहरुले सक्दो सहयोग गरेको भन्दै अध्यक्ष जैसीले बिशेष धन्यबाद समेत दिनुभयो । अर्घाखांची निवासी छविलाल खनालले उपचारका लागि व्यक्तिगत रुपमा नेपाली २० हजार रुपैयां सहयोग गर्नुभयो

तपाईको प्रतिक्रिया