Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

हङकङ– नव बर्ष २०७२ को अवसरमा हङकङमा रहेका नेपालीहरुले विविध कार्यक्रम गरेका छन् । कलाकार समन्वय संघ, नेपालको आयोजनामा बिभिन्न बिधाका अग्रज तथा नवकलाकार, समाजसेवी, बिद्यार्थी, बुद्धिजिबिहरुबीच नव बर्ष २०७२ को शुभ अवसरमा “शुभकामना आदान–प्रदान कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ ।

नेपाली राष्ट्रगानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिमा संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, अतिथिहरुमा कलाकार कल्याण राई, अग्रज संगीतकार गुरुदेब कामत, नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सुब्बा, अग्रज सञ्चारकर्मी मुकुन्द किशोर भट्टराई, समाजसेवी तथा कलाकार लोकराज ढकाल, समाजसेवी हरि राउत, चलचित्र निर्माता जेएन घिमिरे, पत्रकार टंक कार्की, चलचित्र निर्देशक रमेश कोइराला, एनटिभि आबद्ध सञ्चारकर्मी अशोक घिमिरे, संगीतकार डक्टर किरात, नृत्यकार तथा प्रशिक्षकद्वय राम राई र अनिल राई, समाजसेवी÷सहयोगी सुमन राई, द्वन्द्व निर्देशक किरण दाहाल, चलचित्र कलाकार संघकी कोषाध्यक्ष सुस्मिता कार्की र अतिथि कलाकारमा निशा देशा हुनुहुन्थ्यो ।

सो कार्यक्रममा अग्रज समाजसेवी तथा कलाकर्मीहरुले फूटभन्दा नेपालीहरुबीचको एकतामा जोड दिनुभएको थियो । उहाँहरुले मतभिन्नताकै कारण अहिले देशले संविधान पनि नपाईरहेको अवस्था भएको भन्दै मिलेर जानुको विकल्प नभएको प्रष्ट पार्नुभएको थियो । उहाँहरुले एकताको उदाहरणका रुपमा कलाकार समन्वय संघलाई लिन पनि आग्रह गर्नुभएको थियो । सञ्चारकर्मी मुकुन्द किशोर भट्टराई, चलचित्र निर्माता जेएन घिमिरे, अग्रज संगीतकार गुरुदेब कामतले एकतामा जोड दिंदै मुलुकको विकासमा एक हुनुपर्ने बताउनुभएको थियो ।

त्यसैगरी, मेरिबासैबाट चर्चापरिचर्चा बटुल्न सफल कलाकार तथा गायक कल्याण राईले आफ्नो तीन दशक लामो कलाकारीता जीवन कहाँनी सुनाएर नवप्रबेशी कलाकारहरुलाई उर्जा प्रदान गर्नु भएको थियो भने नेपाली साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सुब्बाले संस्थाको नामैले काफी रहेको संस्था भएकोले भविष्यमा कलाकार बिशेषको एउटा मुलखम्बाकोरुपमा ठडिन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी, कार्यक्रमका प्रमुख अतिथि ब्याकुल माइलाले, चौतर्फी बिधाका अग्रज कलाकार तथा नवकलाकारहरुलाई समेटेर एकढिक्को भई अगाडि बढ्ने उदेश्यले स्थापना गरिएको समन्वय संघ भएकोले यस “कलाकार समन्वय संघ, नेपाल“ का संस्थापकहरुलाई बधाई तथा शुभकामना ज्ञापन गर्नु भएको थियो ।

आधिकारिकता प्राप्त गरिसकेपछि संस्थाको यो पहिलो तथा ऐतिहासिक कार्यक्रम भएकोले कलाकार समन्वय संघ, नेपालका संस्थापक सदस्य सचिब राधाकृष्ण आचार्यले संस्थाको परिचय दिनु भएको थियो । संस्थाको तर्फबाट संस्थापक उपाध्यक्ष डम्बर बिकेलले शुभकामना मन्तब्य दिनु भएको थियो भने संस्थापक सह–कोषाध्यक्ष मीनाश्री पुमाले स्वागत मन्तब्य दिनु भएको थियो ।

सो कार्यक्रममा नव–गायक सन्देश सारु मगरको गीतिसङ्ग्रह “सुस्केरा“ कार्यक्रमका प्रमुख अतिथि ब्याकुल माइलाको हातबाट लोकार्पण गरिएको थियो । कार्यक्रममा मनोरञ्जन प्रदान गर्नका लागि नवकलाकारहरु शुभ श्रेष्ठ, सानु थापा, सुनिता थापा, सञ्जु तामाङ, नरेन्द्र राई, सम्झना खतिवडा, सल्मा राई, दिपेश राई, कबिराज राई, निशा राई, शिला घिमिरे, रिदय गहतराज, अबिरल कटुवाल, जितेन्द्र मण्डल, साधना रसाइली, अबिन लामा, सन्देश सारु मगर, पूर्ण राई, राकेश राई, नारायण आचार्य, दिपिका थापा, बिशाल खड्गी, मिलन तामाङ, दिबेश तामाङ, तावा तामाङ, श्रेया कार्की, श्वेता श्रेष्ठ, कृषा मगर, मिलन राई आदिले सामुहिक तथा एकल गायन तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया