Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

लिस्वन – काँग्रेस नेताद्वय गगन थापा र धनराज गुरुङविरुध्द पोर्तुगलमा कालो झण्डा प्रदर्शन गरिएको छ ।
कालो झण्डा प्रदर्शन गर्दा आयोजक र प्रदर्शनकारी बीच झडप भएको छ । पहिचानसहितको संघीयताका पक्षधर संस्थाहरुले गरेको विरोध प्रदर्शनमा आयोजकद्वारा आक्रमण गरिएपछि झडप भएको हो ।

संयुक्त संघर्ष समितिका प्रवक्ता सोम शेर्पाका अनुसार राष्ट्रिय सहमतिमा संविधान निर्माण गर्न र विगतमा युद्धरत पक्ष, आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिमलगायतका उत्पीडितहरुसंग गरिएका सहमति र सम्झौताहरुको संविधानमा सम्बोधन गर्न विरोध प्रदर्शन गरिएको थियो ।

घटनापछि प्रदर्शनमा सहभागी संस्थाहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै आक्रमणकारीहरुलाई सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेका छन् । अन्यथा जस्तोसुकै घटनाको जिम्मेवार सम्बन्धित पक्ष हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, निजका सहोदर भाइ नारायणप्रसाद सापकोटा, उपाध्यक्ष सुशील शर्मा गैरे, सह महामन्त्री वुद्धी गुरुङ र साधारण सदस्य चीजकुमार तामाङलगायतका व्यक्तिबाट अनुशासित र शान्तिपूर्ण प्रदर्शनलाई कमजोर ठानेर सुनियोजित हमला गरिएको उल्लेख छ । उनीहरुले कायरतापूर्ण दुस्प्रयास गरेको बताउदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारबाट बन्चित बनाउन खोज्ने काँग्रेसी कार्यकर्ताको बर्बर आक्रमणले पोर्तुगलको नेपाली समाजमा गम्भीर समस्या सिर्जना भएको चेतावनी दिएका छन्।

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सहयोग समितिका सचिव रुपक श्रेष्ठ, नेपाली संघीय समाजका सल्लाहकार पेम्बा शेर्पा, नेपाली जनप्रगतिशील मंचका सल्लाहकार शेरसिंह ठकुरी, आदिवासी जनजाति महासंघका कान्छा शेर्पा र संयुक्त संघर्ष समितिका प्रवक्ता सोम शेर्पाले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
आइतबार स्थानीय होटेल फेनिक्समा सम्पन्न समितिको चौथो अधिवेशनमा नेता गुरुङ ले संविधान नबन्नुका कारण एमाले र एमाओवादी भएको किटानी गरे । सभासद थापाले नयाँ संविधानमा सबैको चाहना समेटिने कुरा बताए । स्थानीय पूर्ण हमाल र खेम रानाभाटले प्रदर्शनका सहभागीको कटु आलोचना गरे । अधिवेशनले लक्ष्मीप्रसाद सापकोटालाई पुन अध्यक्षमा निर्विरोध चयन गरेको छ । ***

तपाईको प्रतिक्रिया