Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – एनआरएनए युकेले तत्काल एनआरएन मन्त्रालय खोल्न माग गरेको छ । बैदेशिक रोजगार र लगानी सुरक्षित गर्नका लागि सरकारी निकायमा मन्त्रालय नै खोल्नुपर्ने उनीहरुको माग छ ।

नेपालमा संविधान निर्माणको काम भईरहेकाले संविधानमा समेटिने गरी एनआरएन युकेले यस्तो माग गरेको हो ।

विदेशी लगानी सही ठाउमा सदुपयोग नभई दुरुपयोग हुने क्रम बढेकाले त्यसले गर्दा समस्या आएको भन्दै त्यसको सम्बोधनका लागि मन्त्रालय नै स्थापना हुनुपर्ने एनआरएन युकेको दाबी छ । काठमाडौंमा एनआरएनएको प्रधान कार्यालय भवन निर्माणका लागि बेलायतबाट दुई करोड रुपैंया उठाउने लक्ष निर्धारण गर्दै उसले पूर्व गोर्खाजनको समस्या र नागरिकता निरन्तरताको आन्दोलनलाई साथ दिने पनि बताएको छ । त्यसका साथै उसले संसारभर छरिएका आफ्ना छोराछोरीहरुलाई स्वदेश फिर्तीको लगाम बढाउन कम्तिमा ६ महिना आफ्नो रुचीको विषयमा नेपालमा गई स्वयंसेवाका निम्ति प्रोत्साहित गर्न विशेष अभियान चलाउने, नेपाल पत्रकार महासंघ बेलायतसंग मिलेर पत्रकार अक्षयकोष वृद्धिका लागि च्यारिटी कार्यक्रम गर्ने, बेलायतको तर्फाट एनआरएन युकेले हरेक २ महिनामा एक विशेष बुलेटीन प्रकाशित गर्ने लगायतका निर्णय पनि युकेले गरेको छ ।

चेपाङ बस्तीमा घर बनाउने अभियानमा सहभागी हुँदै एनआरएन युकेको तर्फबाट १ वटा घर बनाइदीने, त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल अगाडि वेलकम टु नेपाल लेखि सगरमाथा माथि बसेको आसनमा ध्यान मग्न बुद्धको प्रतिमा स्थापना गर्ने कार्यको तयारी गर्ने, प्रमुख राजनीतिक दलका नेताहरु बोलाई एक वृहत अन्तर्रर्क्रिया कार्यक्रमको आयोजना गर्दै यहाँको नेपाली समाजको बास्तविकता र एनआरएन अभियानका मुद्दाहरुलाई बिशेष ध्यानाकर्षा गराउने लगायतका कार्यदिशा अगाडि सारेको छ ।

एनआरएन युकेका कार्यक्रम हेर्दा केहि नयाँ काम गर्न उत्साहित देखिएको छ भने अन्य मुलुकका एनसीसीहरुलाई पनि देखिने गरी काम गरेर देखाउन झकझकाएको छ । अन्य मुलुकका एनआरएनहरुले पनि सम्बन्धित मुलुकमा रहेका नेपालीका समस्या, अवसर, चुनौतीलाई सम्बोधन गर्ने खालका कार्यक्रम बनाई क्रियाशिलता बढाउनुपर्ने देखिन्छ । अधिवेशनका बेलामा नेतृत्वका लागि मात्र हानथापमा सीमित हुने एनसीसीहरुको अब आईसीसीले पहिचान गर्दै जानुपर्ने आवाज पनि उठ्न थालेका छन् । हरेक एनसीसीले एक एक वटा प्रवासीका मुद्धा उठाएर सरकारको ध्यानाकर्षण गर्दै जाने हो भने ढिलोचाँडो त्यसले आकार लिन सक्ने जानकारहरु बताउंछन । ***

तपाईको प्रतिक्रिया