Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

सउल – दक्षिण कोरियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । आठ महिना अघि दक्षिण कोरिया आएका मोरङ बेलबारीका सुरेश नेपाल हिजो बेलुका आफु बस्ने कोठा नजिकैको रूखमा झुण्डिएको अवस्थामा फेला परेको कोरियास्थित नेपाली दूतावास स्रोतले बताएको छ ।

कोरियाको छंजु स्थित एक गाई फार्ममा काम गर्दै आएका उनको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आत्महत्या गरेको खुलेको छ ।

आत्महत्याको कारण भने खुलेको छैन । सउल स्थित नेपाली दूतावासले उनको मृत्यु बारे थप जानकारी लिने प्रयास गरिरहेको बताईएको छ ।
श्रम सहचारी अनिल गुरूङ, डाईनामिक मोरड कमिटीका अध्यक्ष डा. देवीबहादुर बस्नेत लगायत घटना स्थलमा गई वस्तुस्थितिको बारेमा जानकारी लिएको बुझिएको छ । पछिल्लो समय कोरियामा दुर्घटना भई मृत्यु हुने, सुतेकै अवस्थामा मृत अवस्थामा फेला पर्ने र आत्महत्या गर्ने घटना अत्यधिक रूपमा बढ्दै गएका छन् ।***

तपाईको प्रतिक्रिया