Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

होम गुरुङ, जित लामा – जनजाति राष्ट्रिय आन्दोलनलाई सयुक्त सहयोग गर्न नेपाल आदिवासी जनजाति महासंघ, बेल्जियमका अध्यक्ष पीजी शेर्पाको संयोजकत्वमा संयुक्त संघर्ष समिति, बेल्जियम गठन गरेको छ।
हिजो यहा बेल्जियमको लुभेन स्थित नेपालीहरुको सामुदायिक केन्द्र ओन्स हाउसमा सम्पन्न विभिन्न राजनैतिक, सामाजिक संघ सस्थाका प्रतिनिधि सम्मिलित बृहत भेलाले सो मोर्चा गठन गरेको कुरा जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष चित्र सुबेदीले बताए।

मोर्चाका अन्य सदस्यहरूमा जन प्रगतिशील मन्च, बेल्जियम अध्यक्ष चित्र सुवेदी, नेपाली संघीय समाज, बेल्जियम अध्यक्ष नेत्र मगर, तमु समाज, बेल्जियम कोषाध्यक्ष राम घले, तामांग समाज, बेल्जियम अध्यक्ष राम लामा, शेर्पा किदुक बेल्जियम अध्यक्ष सोनाम आड दोर्जी शेर्पा, विश्व मगर संघ, बेल्जियम कोषाध्यक्ष लोक राना मगर, सिक्लेस पार्चे कल्याण, बेल्जियम जीत विजय गुरूंग, मगर राष्ट्रिय मुक्ति मोर्चा, यूरोप इञ्चार्ज वीरमान घर्ती मगर, नेपाली प्रगतिशिल महिला मंच बेल्जियम अध्यक्ष निर्मला बजगाई, नेपाली संघीय समाज, बेल्जियम सल्लाहकार तथा तमू समाज पूर्व अध्यक्ष श्रीप्रसाद गुरूंग लगायत छन्।

त्यस्तै गरि नेपाली संघीय समाज, बेल्जियम उपाध्यक्ष फुला शेर्पा, तमु समाज बेल्जियम सदस्य जुमकाजी गुरूंग, त्यसैगरी, अध्यक्ष मनिष गुरुङ जनजाति सरोकार मंच बेल्जियम ,किरात राष्ट्रिय मुक्ति मोर्चा, यूरोप इन्चार्ज गम बहादुर गुरुङ तमू राष्ट्रिय मुक्तिमोर्चा , कृष्ण तिवारी अध्यक्ष लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियम, संघिय समाज उपाध्यक्ष एबम किरात राई यायोक्खा बेल्जियम सयोजक मणि राई, बिष्णु कुमारी आंगदम्बे अध्यक्ष एकिकृत संघीय लिम्बुवान पार्टी बेल्जियम, शेर्पा किदुक बेल्जियम सदस्य कान्छा शेर्पा रहेका छन्।

“पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधान सभा” बाट नै पूर्ण सहमतिमा नयॉँ जनताको संविधान घोषणा यथाशीघ्र गरिनु पर्ने कड़ा माग गर्दै अहिले नेपालमा आन्दोलनरत पहिचान पक्षधरहरूको सम्झौताहीन शान्तिपूर्ण आन्दोलनलाई ऐक्यवध्दता जनाउंन र हर प्रकारको सहयोग गर्ने उदेस्यल सो मोर्चाको रहेको सयोजक शेर्पाले बताए। नेपाल शेर्पा संघ केन्द्रिय परिषद सचिव पेम्बा गेलु शेर्पा मुख्य अतिथि रहेको सो बृहद भेलाको सयोजन र संचालन प्रगतिशील महिला मंच बेल्जियम सस्थापक अध्यक्ष कल्पना मगरले गरेका थिए। ***

तपाईको प्रतिक्रिया