Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

बार्सिलोना – कास्की चापाकोट धर्मडाडा मार्गी गाउंका बलबहादुर गुरुङको मृगौला प्रत्यारोपणका लागि स्पेनमा करिब २ लाख रुपैया (१ हजार ८ सय ६ युरो) संकलन भएको छ। स्पेन स्थित नेपाली अनलाईन मिडिया नेपाली डट कमको पहलमा रकम संकलन भएको हो।

मिडियाले शुरु गरेको रकम संकलन अभियानमा नेपाली जनसम्पर्क समिति स्पेनले ६५ युरो, प्रबासी नेपाली मन्च ५१ युरो, कास्की सेवा समाज (संस्थागत र कार्यसमिति सदस्यहरुबाट गरी) २ सय ५२ युरो, तमु समाज ५५ युरो, चितवन समाज ६१ युरो र स्याङ्जा सहयोग समाज स्पेनले ५१ युरो सहयोग गर्दै अभियानमा साथ दिएका थिए। बांकी रकम स्पेनबासी नेपालीहरुले व्यक्तिगत रुपमा सहयोग गरेपछि रकम जुटेको हो ।
संकलन भएको रकम मंगलबार एक कार्यक्रमको आयोजना गरी गुरुङका भान्जा बेलकाजी गुरुङ्लाई हस्तान्तरण गरिएको छ। पहल गर्ने मिडिया, सहयोग गर्ने संघ सस्था र एनआरएनका प्रतिनिधिहरुले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै बक्ताहरुले एक नेपालीको जीवन रक्षाका निम्तिनेपाली डटकमले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य दिपक खरेल, राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष एकराज गिरी, नेपाली जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे, प्रबासी नेपाली मन्चका अध्यक्ष दिनेश गुरुङ, तमु समाजका अध्यक्ष ज्योती गुरुङ, चितवन समाजका प्रतिनिधि उमेश अधिकारी, कास्की सेवा सहयोग समाजका अध्यक्ष दिलनाथ भण्डारी, स्याङ्जा सहयोग समाज अन्तररास्ट्रिय परिषद् सदस्य सन्तोष श्रेष्ठ, एनआरएनए युवा प्रतिनिधि लक्ष्मण शर्मा, महिला फोरम सदस्य नारायणी तिमिल्सिना लगायतले बोलेका थिए।
नेपाली डट कमका प्रधान सम्पादक बसन्त रानाभाटले सहयोग अभियानमा साथ दिने संघसस्था र नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्। उनले भने,” यति धेरै रकम उठ्छ भन्ने सोचेका थिएनौ, हामीलाई समुदायले नै साथ दियो र बिरामीलाई रकम जुटाउन सक्यौ, अब सबैको कामना छ गुरुङको मृगौला प्रत्यारोपण गर्न सकियोस्। ”

पोखरामा गुरुङको उपचार गरिरहेका चिकित्सककाअनुसार गुरुङको मृगौला प्रत्यारोपण गर्न करिब १५ देखि २० लाखसम्म खर्च लाग्ने भएको छ । तर आर्थिक अभाबका कारण प्रत्यारोपणको हुन सकेको छैन। हप्तामा दुई पटक डाईलोसिस गराईरहेका गुरुङको उपाचारमा लाखौ रकम खर्च भईसकेकोले परिबार नै आर्थिक संकटमा परेको छ। गुरुङको परिवारमा श्रीमती, २ छोरा र २ छोरी रहेका छन्।

गुरुङको सहयोगका लागि सहयोग समिति गठन गरि बेलायत, जापान, हङ्ककङ र कोरियाबाट पनि आफन्तहरुले सहयोग जुटाईरहेका छन्।
10988586_1415331275432932_917620833_o-1024x876 10962116_619378868207764_1276811783_n 11004482_619378841541100_1076536184_n

तपाईको प्रतिक्रिया