दुबई – दलित एकता सञ्जाल युएइको प्रथम वाषिर्कोत्सव हालै दुबईमा सम्पन्न भएको छ ।
सञ्जालका कार्यबाहक अध्यक्ष एवं समारोहका सभापति ललन बिक र प्रमुख अतिथि एनआरएनका मध्यपूर्व संयोजक चन्द्रबहादुर रोकाहाले संयुक्तरुपमा दीप प्रज्वलन तथा केक काटेर वाषिर्कोत्सवको उद्घाटन गर्नुभएको थियो ।
शुक्रवार भएको वाषिर्कोत्सव समारोहमा प्रकाश सुनारको स्वागत मन्तब्य रहेको थियो भने बिनोद गोतामेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा प्रवासी नेपाली मञ्च युएइका अध्यक्ष प्रकाश कोइराला, खडक गैरे, बिरेन्द्र गौतम, हेमन्त पौडेल गिरीमा थापा मगर लगायतका समाजसेवी, स्थानीय बुध्दीजीवी, नागरिक समाजका प्रतिनिधि, पत्रकार एवं कलाकारहरुको उपस्थिति तथा शुभकामना रहेको थियो ।
कार्यक्रमको अन्तमा सभापति ललन विकले उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन गर्नुभएको थियो । ***












