लस एन्जल्स – नेपाली जनसम्पर्क समिति साउदर्न क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको पिकनिक कार्यक्रमको अवसरमा स्व. विष्णुहरिको परिवारलाई सहयोगार्थ धनन्जयनरसिं के.सि., रामबाबु पाण्डे र एकराज पाण्डेको पहलमा ४०९० डलर संकलन भएको छ ।
अमेरिकामा हुने महँगो दाहसंस्कार, दुई स-साना नानीहरुको गर्नुपर्ने स्याहार-सुसार, भर्खरको सुत्केरी अवस्था र अप्रेशनबाट स्वस्थ्यलाभ गरीरहेको कठिन अवस्थामा मृतकको परिवारलाई आर्थिक सहयोग गर्न सबैलाई आवहान गरिएको थियो ।
यस पीडाको घडीमा पिकनिक कार्यक्रममा सहभागी १४० जनाबाट उक्त रकम सहयोग स्वरूप संकलन भएको हो । संकलित रकम चांडैनै नारायणी भण्डारीको नाममा रहेको बैंक खातामा जम्मा गरिने जानकारी रामबाबु पाण्डेले दिनुभएको छ। ***
समुद्रपारि डट कमले सुरु गरेको अनलाईन रेडियोको परिक्षण प्रसारण सुन्न यहां क्लिक गर्नुहोला ।








