Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई – स्याङ्जा सहयोग समाज युएइको विविध सांस्कृतिक कार्यक्रम सहित हालै चौथो बार्षिक उत्सव सम्पन्न गरेको छ । सन् २०११ मा स्थापना भएको समाजले चौथो बर्ष पूरा गरेको अवसर पारेर सो बार्षिकोत्सव मनाएको हो ।

एनआरएन मध्यपूर्वका संयोजक चन्द्र रोकाहा उक्त कार्यक्रमको प्रमुख अतिथि रहनुभएको सो कार्यक्रमको अध्यक्षता स्याङ्जा सहयोग समाज युइएका अध्यक्ष राजु पाण्डेले गर्नुभएको थियो ।

राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण न्यौपानेको शुभकामना मन्तव्य रहेको थियो । प्रमुख अतिथि लगायत अतिथिहरुले संयुक्त रुपमा केक काटेर कार्यक्रमको शोभा बढाएका थिए । सोही अवसरमा कोषाध्यक्ष सूर्य पाण्डेले बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साँस्कृतिक कार्यक्रमको थालनीमा ‘स्वागत स्वागत हाम्रो स्वागत, सम्मान सम्मान हाम्रो सम्मान छ’ स्थानीय कलाकार गोपीकृष्ण पंगेनी, हरि डुम्रे, अर्जुन न्यौपाने, प्रतिज्ञा अधिकारी र सन्ध्या पाण्डेले सामुहिकरुपमा स्वागत गीत गाएका थिए । ‘त्रि्रो रुपले चाहेको हैन’ मनोज भण्डारीले गाएको गीतले कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो । ‘प्रदेशी म त प्रदेशमा हुन्छु’ सालैजो ‘हुन्न भनेको मैले केही, हुदैन भनेर उसैले झुक्यायो’ बोलको गोपीकृष्ण पंगेनीले गाएको गीतले दर्शकलाई छमछमी नचायो ।

गायक हरि डुम्रेले गाएको ‘कहि कतै हेर्दिन म तिमीलाई माया गरिरहन्छ’ र ‘यो चाखो माया साँचेको’ गीत पनि सबैले मन पराए । ‘बरु मुटु झिकेर दिउँला, म तिमी बिना कसरी जिउँला’ अर्जुन न्यौपानेले गाएको गीतले धेरैको मन जित्यो । बजारमा छिट्टै आउन लागेको बुनु उप्रेतीको आ नै ‘दिलै बैमानी’ एल्वमको ‘यो दिलै बैमानी हजुर मनै बैमानी’ गीतले भरपूर्ण मनोरञ्जन दिएको थियो ।

समाजलाई विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने पदाधिकारीहरुलाई प्रमुख अतिथि र अध्यक्षको हातबाट सम्मान-पत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्याङ्जा जिल्लालाई केन्द्रीत गरि तयार पारिएको डकुमेन्ट्री फिल्म प्रोजेक्टबाट देखाएको थियो ।

सो कार्यक्रममा पिताम्बर पाण्डे, मणिप्रसाद भुर्तेल, राजु खड्का, डीयल शर्मा, गोपाल कँडेल, अर्जुन दाहाल, कृष्ण केसी, हेमन्त पौडेल, प्रकाश कोइराला, एकेन्द्र थापा, भूपति न्यौपाने, चन्द्र रोकाहा र राजु पाण्डेले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन पत्रकार लक्ष्मण खनालले गरेका थिए । *** Syanja 1 Syanja 2 Syanja 3 Syanja 4 Syanja 5 Syanja 6 Syanja 7 Syanja 8 Syanja 9

तपाईको प्रतिक्रिया