Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

image_7आमस्ट्राडाम – गुरुङ समाज नेदरल्याण्डसले गत २९ डिसेम्बरमा गुरुङ समुदायको महान पर्व ल्होसार भव्य रुपमा मनाएको छ । नेदरल्याण्डको राजधानी आर्मस्टाडममा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि शेष घलेले नेपालीहरुको प्रवासिने क्रमलाई रोक्न नेपालमा लगानीलाई धेरै भन्दा धेरै बढाउनुपर्ने बताउनुभयो । उहाँले गुरुङ समुदायको चर्चा गर्दै आफु गुरुङ भएकोमा गर्व समेत गर्नुभयो । अध्यक्ष घले गैर आवासीय नेपाली संघको काडमाडौंमा भवन निमार्ण गर्नै उद्देश्यले रकम संकलन अभियानमा युरोपमा रहनु भएको छ ।
गुरुङ समाज नेदरल्याण्डले समेत एनआरएन भवन निमार्णका लागि आर्थिक सहयोग गर्ने जनाएको छ ।
कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहाकार दिल गुरुङ, एनआरएन नेदरल्याण्डका अध्यक्ष कृष्ण अधिकारी, बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, एनआरएन आइसीसी सदस्य जानकी गुरुङ, जमुना गुरुङ लगायतका वक्ताहरुले आफ्नो भनाइ राखेका थिए ।
तमु समाज नेदरल्याण्डका अध्यक्ष सुनील गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बालकृष्ण गुरुङले गरेका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय गित तथा गुरुङहरुको राष्ट्रिय गित समेत बजाइएको थियो ।
गुरुङ समुदाय, ल्होसार र गुरुङ समाज नेदरल्याण्ड स्थापनाको बारेमा समितिका संस्थापक अध्यक्ष विकास गुरुङले चर्चा परिचर्चा गरेका थिए ।
कार्यक्रममा गुरुङ भेषभषा तथा संस्कृति झल्किने पहिरन तथा परिकारहरुको व्यवस्था गरिएको थियो भने गुरुङ भाषामा गितहरु र नृत्यहरु प्रस्तुत image_4गरिएको थियो ।

गुरुङ समाज नेदरलाण्डको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा यहाँका नेपाली संघसंस्था तथा नेदरल्याण्डमा बसोबास गर्ने उल्लेख्य संख्यामा नेपाली समुदायको उपस्थिती रहेको थियो । कार्यक्रममा छिमेकी मुलुक बेल्जियम, जर्मनीबाट समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सवै आर्थिक तथा अन्य सवै सहयोगीहरुलाई गुरुङ समाज नेदरल्याण्डले आर्थिक तथा सवै सहयोगीहरु प्रति हार्दिक आभार तथा धन्यबाद व्यक्त गरेको छ । औपचारिक कार्यक्रम पश्चात डिजे हिमालको सांगितिक कार्यक्रम समेत भएको थियो ।
image_5image image_1 image_2 image_3 image_6 image_8

तपाईको प्रतिक्रिया