Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई – ग्रीन लाइन ट्राभल्स ग्रुप यूएईले आफ्नो नयाँ शाखा बर दुबईमा फिष्टेल टुर एन्ड ट्राभल सन्चालन गरेको छ ।

नयाँ बर्षको दिन पारी नेपाली लगानीको ग्रीन लाइन ट्राभल्स ग्रुपले जनवरी १ का दिन नयाँ शाखाको उद्घाटन गरेको हो । युएईका लागि नेपाली राजदूत धनन्जय झा तथा ग्रुपका लोकल पार्टनरले संयुक्त रूपमा रिबन काटी फिष्टेल टुर्स एन्ड ट्राभल्सको एक भव्य कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा समाजिक क्षेत्रमा कृयाशिल अगुवाहरु, ब्यबसायीहरु, पत्रकारहरु, ग्रिन लाइन ग्रुपमा आबध्द सदस्य तथा कर्मचारीहरु र यूएईमा बिभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा प्रेस चौतारी नेपालका बरिष्ठ सचिव गणेश पाण्डेको समेत बिशेष उपस्थिति रहेको थियो ।

उद्घाटन लगत्तै समाजसेवी तिलकराम भण्डारीले नेपाल जाने टिकट खरिद गर्दै आफुलाइ फिष्टेल ट्राभलको पहिलो ग्राहकको रुपमा चिनाउन भुलेनन् । बर दुबईको मुख्य बसपार्ककै छेउको फिक्री बिल्डिंगमा रहेको उक्त ट्राभलले नेपालीहरुलाइ सुलभ दरमा हवाई टिकट उपलब्ध गराउने जनाएको छ । फिष्टेल ट्राभलका प्रमुख सूर्य गिरीले नेपाली समुदायमा ग्रीन लाइन ट्राभलले पहिला देखि नै सर्वसुलभ दरमा टिकट उपलब्ध गराउदै आएको सबैलाई जानकारी भएकाले ग्राहकहरुको त्यही बिश्वास नै ब्यबशाय बृध्दीको मुल आधार रहेको बताउनुभयो ।

दुबईमा ग्रीन लाइन ट्राभलको उपस्थिति नरहेका कारण सस्तो दरमा टिकट खोज्ने र भरपर्दो सेवा खोजिरहेका हाम्रा थुप्रै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ मर्का परिरहेको हामीले पहिल्यै देखि महसुस गर्दै आइरहेका थियौं । हाम्रो उपस्थितिले धेरै भन्दा धेरै नेपालीहरुले सरल र सर्वसुलभ सेवा पाउनु हुनेछ – ट्राभलका प्रमुख ब्यबस्थापक श्रीमती मोती राई बताउनुहुन्छ । उहाँले आफुहरु ग्राहकहरुलाइ अधिकतम सेवा उपलब्ध गराउनका लागि सधैं लागि परिरहेको बताउंदै आफुहरुले ब्याबसायिक रुपमा मुनाफा भन्दा पनि धेरै ग्राहकहरुको बिश्वास आर्जन गर्न चाहेको बताउनु भयो । ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर सोही बमोजिम फिष्टेल ट्राभलका तर्फबाट आकर्षक योजना ल्याइने ट्राभलले जनाएको छ ।

ग्रीन लाइन ट्राभल्स ग्रुपका प्रमुख ब्यबस्थापक बालकृष्ण खड्का, ग्रुपकै नेपाल प्रमुख ठाकुर ढुंगाना तथा फिष्टेल ट्राभलका प्रमुख सुर्य गिरिले संयुक्त रुपमा युएईका सातै स्टेटमा ग्रीन लाइन ट्राभल्स ग्रुपको शाखा स्थापनाका लागि जोड्तोडका साथ लागिपरेको बताउनु भएको छ । हालसम्म ग्रीन लाइन ट्राभल्स ग्रुपले यूएईको आबुधाबी, अलऐन, शारजाह र दुबईमा आफ्नो शाखा बिस्तार गरिसकेको छ । आबुधबिमा मात्रै ग्रीन लाइनको ३ ओटा शाखा संचालनमा छन् । ***
41 2 3

तपाईको प्रतिक्रिया