Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

काठमाडौं – गत श्रावण महिनामा गएको भीषण पहिरोमा परी क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको जुरेमा अवस्थित श्री वनसांघु माविलाई कुबेतमा रहेरका नेपालीहरुले संकलन गरेको ८६१ कुबेती दिनार अर्थात २ लाख ८० हजार नेपाली रुपैयांको आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

शनिबार काठमाडौंको जडिबुटीमा सिन्धुपाल्चोक क्षैत्र नं. १ बाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएका नेपाली कांग्रेसका सभासद मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एमालेका सूर्य लामा, एमाओवादीका सरल सहयात्री, नेपाली कांग्रेसका भूपेन्द्र थापा, विश्व हिन्दू महासंघ सिन्धुपाल्चोकका निलप्रसाद भण्डारी, सिन्धु मिलन केन्द्रका उपाध्यक्ष केशवलोचन शर्मा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वनसांघु माविका प्रधान संरक्षक राजेन्द्रकुमार श्रेष्ठ लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
आफ्नो गाउंघरमा आईपरेको बिपत र त्यसबाट पीडितको सहयोगार्थ विदेशमा बसेर पनि दिनरात खटेर आर्थिक संकलन गर्न लाग्नुभएका नेपाल पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्योपानेको नेतृत्वमा संकलित उक्त रकम न्योपानेका तर्फबाट श्रीमती सीता न्यौपाने, माधव पौडेलका तर्फबाट श्रीमती मिरा पौडेल, ९७ वर्षीय हजुरबुवा खडानन्द पौडेल, पिता नगेन्द्र प्रसाद पौडेल, आमा डम्बरकुमारी पौडेल, नवराज पराजुलीका तर्फबाट श्रीमती रोजी पराजुली तथा प्रमुख अतिथि सभासद मोहनबहादुर बस्नेतले संयुक्त रुपमा बनसांघु माविका अध्यक्ष बलराम श्रेष्ठ तथा प्रधानाध्यापक बलराम तिमल्सिनालाई रु. २ लाख ८० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं अतिथिहरुले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र सुनकोशी नदी थुनिएर हुन पुगेको क्षति पश्चात् संसारभर रहेका प्रवासी नेपालीहरुका तर्फबाट उल्लेख्य सहयोग संकलन भएको उल्लेख गर्दै उक्त रकम तथा राहतको सही सदुपयोग एवं व्यवस्थापन हुनुपर्ने कुरा औंल्याउनुभयो ।
एलाइन्स स्कुलका अध्यक्ष शिव उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा रोजी पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सोही कार्यक्रममा कुबेतमा रहेका रामचन्द्र नेपाल, सन्दिप गुरुंग लगायतका नेपालीहरुका तर्फबाट संकलित रु. ५४ हजार आर्थिक सहयोग रकम समेत सोही विद्यालयको खातामा जम्मा गरिएको थियो । ***

तपाईको प्रतिक्रिया