Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई –  दुबईमा युएईब्यापी खुल्ला गजल प्रतियोगिता सम्पन्न भएको छ ।  गत शुक्रबारका दिन दुबईको सिन्ध पंजाब रेष्टुरेण्टमा ‘साहित्यको सम्मान-सभ्यताको पहिचान’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युइए र भाषा तथा साहित्य प्रवर्धन समिति युएईद्वारा  आयोजित गजल प्रतियोगिता सम्पन्न भएको हो ।

अध्यक्ष मोहराज शर्माको अध्यक्षता तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, कलाकार र पत्रकारहरुको आतिथ्यता रहेको सो प्रतियोगिता जे सागरले संचालन गर्नुभएको थियो भने उपस्थित अतिथिहरुद्वारा संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रमको थालनी गरिएको थियो ।

युइएमा धेरैजसो विविध सांगीतिक र विभिन्न विषयमाथि कार्यक्रमहरु हुने गर्दछन् भने यसपालिको कार्यक्रम अन्य कार्यक्रमहरुको तुलनामा अलग रहेको थियो । मरुभूमिको गर्मीलाई विदाई गर्दै चिसो तथा सुहानी मौसमको आगमनसंगै साहित्यिक अनुरागीहरुको उल्लेख्य उपस्थितिमा गजल र कविता वाचनले सुनमा सुगन्ध थपिदिएको थियो ।

नेपालबाट आएका अतिथि आवाज शर्माका साथ स्थानिय टक गुरुङ र जीवन शर्मा अर्याल तीन जनाको निर्णायक मण्डलमा जम्मा २५ जनाले आ-आफ्ना गजल तथा कविताहरु वाचन गरेका थिए । जसमध्ये प्रतियोगीको रुपमा १८ जना र अप्रतियोगीहरुमा ७ जना रहेका थिए । त्यसैगरी विभिन्न देशमा कार्यरत रहेका कविहरुद्वारा पठाइएको एक दर्जनभन्दा धेरै गजल र कविताहरु समेत वाचन गरिएको थियो ।

गजल तथा कविता वाचन गर्नेहरुमा क्रमशः कृष्ण भट्टराई, रोहित भट्टराई, कोमलनाथ हिमाल, राजीव जिसी, कृष्ण कपौरोला, दुर्लभ थापा, इन्धन डिपी भण्डारी, टपन घर्ती मगर, टेजविवश राई, ओमकुमारी खांड, इश्वर च्याङवा, विवश ज्ञवाली, जे सागर, जिपी तिवारी, मानबहादुर केसी, रुद्रप्रसाद सिटौला, सुरेश राना, टक गुरुङ, जीवन शर्मा अर्याल, अर्जुन दाहाल, लक्ष्मण खनाल, नवराज नवदित, लक्ष्मण भन्टना, निमेष गिरी र मोहराज शर्मा रहेका थिए ।

जम्मा १८ जना प्रतियोगीहरुमध्ये प्रथम स्थानमा राजीव जिसी, द्वितीय स्थानमा इन्धन डिपी भण्डारी, तृतीय स्थानमा जिपी तिवारी, चौथो स्थानमा इश्वर च्याङवा र पाचौं स्थान ओमकुमारीले हासिल गरेका थिए । सम्पूर्ण विजेताहरुलाई खादा ओढाई प्रशंसा-पत्रका साथ मायाको चिनो प्रदान गरिएको थियो ।

सोही अवसरमा समाजका उपाध्यक्ष सुरेश रानालाई विदाई समेत गरिएको थियो । उहां लामो समयदेखि युईएको बसाईपछि स्वदेश फ़र्कन लागेका हुन् । अतिथि तथा समाजका पदाधिकारीहरुले संयुक्त रुपमा दोसल्ला र खादा ओढाई मायाको चिनो दिएर उनको विदाई गरेका थिए ।***
News Image 2
News Image 5 News Image 4 News Image 3 News Image 1

तपाईको प्रतिक्रिया