Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

Belguimबेल्जियमको चौद्फोंतैने नगरमा बेल्जियम-नेपाल मैत्री संघको आयोजनामा नेपाललाई प्रवर्धन गर्ने उद्देश्यले २ अक्टोबर देखि ५ अक्टोबरसम्म चार दिनसम्म  विविध कार्यक्रम गरि ‘नेपाल डे‘  मनाईएको छ ।

शनिवार ४ अक्टोबरमा दिन प्रथम विश्वयुद्दमा बहादुरीका साथ लडेर जीवन उत्सर्ग गरी विश्व कीर्तिमान हासिल गरेका वीर गोर्खाली तथा बेल्जियन सहिदहरुको सम्झनामा स्थापित गरेको स्मारकमा युरोपेली संघका लागि नेपाली राजदूत राममणि पोखरेल तथा चौद्फोंतैने नगरका मेयर डानियल बकुएलैनेले पुष्पगुच्छा अर्पण गरि हार्दिक श्रद्दान्जली अर्पण गरे ।

स्मारकमा पुष्प गुच्छाका साथै त्यसको दायाँ र वांया नेपाल र बेल्जियमको राष्ट्रिय झण्डा ओढाइएको थियो भने दुवै देशको राष्ट्रिय धुन बजाएर सम्मान व्यक्त गरिएको थियो । स्मारकमा श्रद्दान्जली अर्पण गर्नेमा बेल्जियम नेपाल मैत्री संघका अध्यक्ष तथा लुम्बिनी – कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार फ्रान्क वेर्मिर्स्च, एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुङ लगायत एनआरएनए बेल्जियमका अन्य सदस्यहरु थिए ।

सो अवसरमा प्रथम र दोस्रो विश्व युध्दमा सहादत प्राप्त गरेका वीर गोर्खाली सहिदहरुको सम्झनामा बेल्जियमस्थित नेपाली राजदूतावासले इपर नगरपालिकासँगको संयोजनमा ऐतिहासिक स्मारकस्थल बेल्जियमको इपरमा एक स्मारक निर्माणको प्रक्रियामा रहेको राजदूत पोखरेलले जनाए । साथै शान्तिका अग्रदूत गौतम बुध्द नेपालको राष्ट्रिय गौरव भएकाले बेल्जियममा महत्वका विभिन्न स्थानमा गौतम बुध्दको प्रतिमा प्रतिस्थापन गर्ने कार्यलाई निरन्तरता दिने राजदूत पोखरेलले बताए ।

त्यस कार्यक्रम पश्चात सोहि दिन राजदूत पोख्रेल र नगरपालिकाका मेयर बकुएलैनेले संयुक्तरुपमा ‘नेपाल डे कार्यक्रमको औपचारिक उदघाटन गरे । उक्त अवसरमा राजदूत पोखरेलले पित्तलको प्लेटमा शान्तिका अग्रदूत गौतम बुद्ध नेपालको लुम्बिनीमा ६२३ बि सी मा जन्मेको सन्देशसहित गौतम बुध्दको प्रतिमा मेयर बकुएलैनेलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाललाई चिनाउने विषयमा कलाकार रागिनी उपाध्यायको चित्रहरु प्रदर्शन गरिएको थियो । युरो नेपाल कलाकार संघका तर्फबाट प्रस्तुत नेपाली संस्कृति झल्काउने संगीतले कार्यक्रमको शोभा बढाएको थियो भने नेपाली नौमती बाजाको धुनले गर्दा नेपालमा नै भएको जस्तो अनुभूति कार्यक्रमका सहभागीहरुले गरेको सुनाए ।***

तपाईको प्रतिक्रिया