Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

अमेरिकामा रहेका नेपाली मुलका सबै प्रवासी नेपालीहरुले हर्षोल्लासका साथ दशैं मनाएका छन्  ।
आफ्नो संस्कृति र परम्परालाई कायम राख्दै दौरा सुरुवाल र महिलाहरुले नेपाल जस्तै गरेर चुरा, पोते, तिलहरी बिभिन्न रंगका फरिया लगाएका थिए ।

आफु भन्दा मान्यजनहरु संग टिका थापेका थिए भने आफु भन्दा सानालाई आशिर्बाद दिई टिका लगाईदिएका थिए । यस बर्ष दशमी शुक्रबार कामको दिन परेको भएता पनि कामको सुबिधाअनुसार नेपाली समय बिहान १०.१५ मिनेटको साइतमा नै टिका लगाएका थिए भने समय नभ्याएकाहरुले टिका सांझसम्म लगाएका थिए ।  टिका कार्यक्रम बिहान देखि राति सम्म चलेको थियो ।

बिशेष गरी बालबालिकाहरु नयां कपडामा देखिन्थे भने अधिकांश नेपालीले ढाका टोपी तथा दौरा सुरुवालमा सजिएका देखिन्थे ।

कामको दिनमा दशमी परेकोले अमेरिकामा नेपालीहरुको पोसाक, रातो टिका निधारमा र बिभिन्न पहिरनमा समुहमा आवत जावत गरेको देखेर बिदेशीहरुले अभिरुचीपूर्वक दशैंको बारेमा जिज्ञासा राखेको डिसीबासी एक नेपालीले जानकारी गराए ।

नेपाली समुदायले पक्कु, खल्पिको अचार, रायोको साग, सेलरोटी, चिउरा, कलेजो, भुटेको भित्र्यास आदि खान पाएकोमा नेपाल पुगेको अनुभूति गरेको अधिकांश नेपालीले बताए । टिका लगाउनुको साथै जमरा कानमा भिरेर यत्रतत्र नेपालीहरुको चहलपहल बढेको देखिएको थियो । ***

तपाईको प्रतिक्रिया