Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

कतार – पत्रकार महासंघ कतार शाखाको अधिवेशन नोवेम्वर ७ मा हुने भएको छ।

संस्थाका अध्यक्ष रवि रोषीको सभापतित्वमा आयोजित भेलाले अधिकांश कार्यसमितिका पदाधिकारी स्वदेश फर्किएका कारण पदपूर्तिका लागि पनि अधिवेशन आवश्यक भएको ठहर गरेको हो ।

संस्थाका पदाधिकारी, सल्लाहकार तथापरिषद् सदस्यहरु गरी २ दर्जन बढी पत्रकारहरुको सो भेलाबाट अध्यक्ष रोषीको अध्यक्षतामा अधिवेशन आयोजक समिति निर्माण गरेको छ ।

संस्थाका सचिव दिपक पुडासैनिद्वारा सञ्चालित सो कार्यक्रममा प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पढेर सुनाइएको थियो । लामो छलफल र बहसपछि दुवै प्रतिवेदनलाई हलले पास गरेको थियो ।

पत्रकार महासंघ कतार शाखाको आगामी अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्नका निम्ति विभिन्न समितिहरु निर्माण गरी कार्यविभाजनसमेत गरिएको छ ।

साथै कार्यक्रममा सुनिल न्यौपाने सम्पादक रहेको नेपालबाट सञ्चालित डिजिटल वेवपत्रिका देशपरदेश डट कमको कतारमा शुभारम्भ गरिएको थियो । देशपरदेश सीप विकास तथा सुरक्षित रोजगारीका लागि सञ्चालनमा आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया