Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

दुबई – नेपाल पत्रकार महासंघ यूएई शाखाले आगामी अक्टोबर १६ तारिखकादिन पत्रकारिता तालिम आयोजना गर्ने भएको छ ।

नेपाली सञ्चार क्षेत्रमा पहिलो पिएचडी गर्ने बरिष्ठ सञ्चारकर्मी एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्ट तथा महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारीले प्रशिक्षण दिने उक्त तालिममा सूचना र सञ्चारमा इच्छा राख्ने करिब ३० जना व्यक्तिलाई सहभागिता गराउने महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहालले बताए ।

कार्यशालामा फिचर लेखन, खोजमुलक पत्रकारिता तथा प्रवासी पत्रकारिता सम्बन्धि सहजिकरण हुने आयोजकले बताएको छ । उक्त तालिममा सहभागि हुन चाहने व्यक्तिले आगामी अक्टोबर १२ सम्ममा आफ्नो नाम दर्ता गराई सक्नुपर्ने छ ।

नेपाल पत्रकार महासंघ यूएई शाखाको चौथो अधिवेशनका लागि नेपालबाट आउने अतिथिबाट कार्यशाला सहजीकरण गर्न शाखाले त्रिलोचन कोइरालाको संयोजनमा लक्ष्मण खनाल र गितामणी पाण्डे सदस्य रहेको तालिम व्यवस्थापन समिति बनाएको छ । समितिका अनुसार तालिमका लागि आवश्यक आवेदन फारम अक्टोबर १ बाट उपलब्ध गराईने छ । ***

तपाईको प्रतिक्रिया