काठमाडौं – म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा प्रकाश पौडेल (पुलाचौर) चयन भएका छन् । बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोना युकेको चौधो अधिवेशनको सहमति अनुसार १८ महिना उमेश राना (ताकम, धारापानी) ले नेतृत्व गर्नुभएको थियो ।
दुईहप्ता भित्र एक समारोहका विच औपचारिक रुपमा नेतृत्व हस्तान्तरण गरिने र सबै मिलेर मोनाको भिजनलाई सफल बनाउने रानाले बताए । छोटो कार्यकाललाई ऐतिहासिक बनाउने प्रयासमा आफु लाग्ने पौडेलको भनाई छ । चौधो अधिवेशनबाट प्रथम उपाध्यक्षमा कमल पुर्जा (दाना), द्धितिय उपाध्यक्षमा दल जुग्जाली ( विम) र कोषाध्यक्षमा किसान जिसी (अर्थुङ्गे) लगायत समितिका अन्य पदाधिकारी यथावत रहने बताइएको छ ।
अध्यक्षमा निर्वाचित उमेश राना र प्रकाश पौडेलले तिनबर्ष कार्यकालमा अन्तरगत पालै–पालो १८ महिना अध्यक्षको जिम्मेबारी सम्हाल्ने सहमति भए अनुसार अगाडी बढेको उपाध्यक्ष दल जुग्जालीले बताए । मोना युके मार्फत तिन एम्बुलेन्स, शिक्षा, स्वास्थ्यका साथै अन्य सामाजिक क्षेत्रमा समेत सहयोग गरिएको छ । म्याग्दीबाट बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुले त्यहाँ समाजिक तथा ब्यवसायिक कार्य गरे बापत उत्कृष्ट सम्मान समेत प्राप्त गरेका छन । यसैविच अध्यक्ष पौडेलले रानालाई आफ्नो कार्यकालमा सबैसँग सहकार्य गरेर नेतृत्व गरेको भन्दै धन्यबाद समेत दिएका छन् । ***








