Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

दोहा – चितवनको सानो घरमा आश्रित अनाथ बालबालिकाहरुका लागि कतारबाट आर्थिक सहयोग संकलन कार्य थालिएको छ ।

कतारमा रहँदै आएका सहयोगी ईश्वर काफ़्लेको पहलमा सो रकम संकलन कार्य थालिएको हो ।
विगत लामो समयदेखि सुस्त मनस्थितिका बालबालिकाहरुका लागि समेत काम गर्दै आउनुभएकी चितवन रत्ननगर टाँडीकी विमला श्रेष्ठले विगतका केहि बर्ष अघिदेखि अनाथ बालबालिकालाई आवास सेवा दिँदै र शिक्षा प्रदान गर्दै आउनुभएको छ ।

चितवन स्थित सानोघरमा आश्रित बालिकाहरुका लागि आर्थिक अभावको जानकारी आएपछि सहयोगदाता ईश्वर काफ़्लेले कतारमा आर्थिक सहयोग संकलनका लागि अभियान सुरु गरेका हुन् । हालसम्म कतारका सहयोगदाताहरुबाट १ लाख ७० हजारको हाराहारीमा रकम उठिसकेको र संकलन कार्य जारी रहेको बताईएको छ । ***

तपाईको प्रतिक्रिया