Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

दुबईको तीजमा झूमे नेपालीहरु Dubai 4 Devi

टोकियो – संसारभरिबाट समुद्रपारिलाई तीज कार्यक्रम सम्पन्न भएका समाचारहरु धमाधम प्राप्त भईरहेका छन् ।

यसैबीच दुबईमा स्याङ्जा सेवा समाजले गायिका देवि घर्ति मगर र राजु ढकालको बिशेष साँगीतिक आकर्षण रहेको तीज कार्यक्रम सम्पन्न गरेको छ ।

बिदेशमा रहेका नेपाली चेलीहरुलाई माइतीको घरआँगनको न्यास्रो मेटाउन तीज कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष राजु पाण्डेले बताए ।
कार्यक्रमका प्रमुख अतिथि युएइका लागि नेपाली राजदूत धनञ्जय झाले तीजको शुभकामना दिनुका साथै नेपालबाट आउने महिलाहरुलाई दलालमार्फत नआउन अनुरोध गरे ।

कार्यक्रममा चर्चित गायिका देबी र गायक राजुले आफ़्ना लोकगीत र दोहोरीको घम्साघम्सीले दर्शकहरुलाई नेपाल बिर्साएको थियो ।  ***
1 Dubai 2 Dubai 3

तपाईको प्रतिक्रिया