काठमाडौं – गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद चीनले गैरआवासीय नेपाली संघको मानवीय हित तथा परोपकारी परियोजना अन्तर्गत सिुन्धपाल्चोकको सुनकोशी बाढीपहिरो पीडितहरुलाई राहत स्वरुप रु ८००,००० (रु. आठ लाख) सहयोग गरेको छ ।
उक्त रकमको चेक लामोसाँगु भ्याली समाज नामक स्थानीय समाजसेवी संस्थाका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघको सचिवालयमा शुक्रवार आयोजित हस्तान्तरण कार्यक्रममा गैरआवासीय नेपाली संघ चीनका तर्फबाट प्रतीनिधित्व गर्नुहुने अन्तर्राराष्टिृय समन्वय परिषदका सदस्य डा. राजीव केसरीले लामोसाँगु भ्याली समाजका अध्यक्ष बलदेव श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
उहाँले गैरआवासीय नेपालीहरुले राष्ट्रमा आईपरेका यस्ता बिपत्तिहरुमा संधै सहयोग गर्दै आएको स्मरण गराउँदै राहत रकम सहि ठाँउमा उपयोग होस र लामोसाँगु भ्याली समाज समाजसेवा र मानवीयसेवाको कार्यमा सबल र प्रभावकारी बन्न सकोस भनी कामना ब्यतm गर्नुभयो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको सुनकोशी बाढीपहिरो पीडितको स्वास्थ्य, शिक्षा, खानेपानी, दैनिक जीबन यापनमा सहयोग गर्ने लक्ष्य अनुरुप सहयोग गरेकोमा हार्दिक कृतज्ञता ब्यतm गर्दै दाताको उदेश्य पुरा गर्न लामोसाँगु भ्याली समाज परिवार प्रतिवद्ध रहेको समाजका अध्यक्षले वताउनुभयो ।
सो समारोहमा गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चिनका सस्थापक सदस्य मिनबहादुर श्रेष्ठ तथा शिब श्रेष्ठ र एनसीसी चिनका युबा प्रतिनिधि निर्मल चौलागाईंको उपस्थिति रहेको थियो । ***








