Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – ओमानमा कामको लागि आएर विभिन्न समस्यामा परी राजदूतावासको शरणमा आएकी मादेपुर-०६, बाँकेकी तीलसरी वलीलाई त्यहाँस्थित राजदूतावासको सक्रियता र गैर आवासीय नेपाली संघ ओमान, नेपाली समाज ओमान र महिला समुह ओमानको सहयोगमा उद्वार गरी यहि ६ जुलाईमा नेपाल पठाईएको छ ।

ओमानको श्रमअदालतबाट कामबाट भागेको मुद्दाको छिनोफानो भई अवैध बर्साईको जरिवाना मिनाहा गराई नेपाल फ़र्कन पाउने सहमति भएपछि एक महिनादेखि राजदूतावासमा आश्रय लिएकी वलीलाई नेपाल पठाईएको हो ।

वलीका लागि गैर आवासीय नेपाली संघ ओमान, नेपाली समाज ओमान र महिला समुह ओमानले हवाई टिकट उपलब्ध गराएका थिए भने राजदूतावासले नेपालसम्म जान मिल्ने एकतर्फी यात्रा अनुमतिपत्र जारी गरेको थियो ।

ओमानमा तोकिएको मालिक वा स्पोन्सरबाट भागेमा कामदारले अन्यत्र काम गर्नु गैर कानुनी हुनुका साथै श्रम अदालतको निर्णयानुसार लाग्ने जरिवाना तिरी आफ़्नो देश फ़र्कन स्वीकृति प्राप्त भएपछि मात्र आफ़्नै खर्चमा आफ़्नो देश फ़र्कन पाईने नियम छ । उक्त कुरा ओमानस्थित नेपाली दूतावासद्वारा समुद्रपारिलाई प्राप्त बिज्ञप्तीमा उल्लेख छ । ***

 

तपाईको प्रतिक्रिया