Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

लण्डन – गुल्मी जिल्ला समाज युकेले प्रत्येक बर्ष गर्दै आइरेहेको समर बिबिक्यु तथा बार्षिक भेटघाट कार्यक्रम नेपालबाट निम्त्याइएका कलाकारहरु पशुपति शर्मा र जमुना सनम तथा गुल्मेली नौमती बाजाको बेजोड प्रस्तुति सहित सम्पन्न भएको छ ।

प्लम्स्टिड लण्डनको एसियन कम्युनिटि हलमा आयोजित कार्यक्रममा बिशिष्ठ पाहुनाहरु सहित बेलायतवासी गुल्मेली लगायत गैर गुल्मेली नेपालीहरुको समेत उल्लेख्य सहभागिता थियो ।

अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा राष्ट्रियगानबाट शुरु गरिएको छोटो औपचारिक कार्यक्रमको संचालन महासचिव राम गलामी तथा सचिव शिव भण्डारीले संयुक्तरुपमा गर्नुभएको थियो । स्वागत मन्तब्य दिनुभएका उपाध्यक्ष केशव भण्डारीले संस्थाबाट नेपालमा भएको सहयोगको चर्चा गर्नुभयो । कार्यक्रम संयोजक बालजंग अर्यालले सबैको सहयोगले कार्यक्रम सफल पार्न सकिएको बताउनुभयो । एनआएन युकेका अध्यक्ष्य योगेन क्षेत्रीले परोपकारी काममा गुल्मी समाज उदाहरण बन्न सकेको बताउनुभयो ।  Gulmi 1

बेलायतका लागि कार्यबाहक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले समाजका कामको प्रसंशा गर्दै, गुल्मेली भेलामा सहभागी हुन पाउदा खुशी लागेको बताउनुभयो । त्यसैगरी आफ्नो मन्तब्य दिदै संस्थापक अध्यक्ष ओमप्रसाद थापाले समाजलाई आजको अवस्थामा ल्याउन भूमिका खेल्नुहुने सबैप्रति आभार ब्यक्त गर्नुभयो । सोहि अवसरमा अर्का उपाध्यक्ष बिनोद ज्ञवालीले धन्यबाद मन्तब्य दिदै कार्यक्रममा प्रयोजन गर्ने तथा स्वयंसेवकको रुपमा खटिनेहरुलाई प्रसंशा गर्नुभयो । कार्यक्रममा संस्थाको तर्फबाट सम्मान पाउनेहरुमा यहांको स्थानिय निकायबाट स्वयंसेवक अवार्ड पाउनुभएका समाजकै रेशम अर्याल, कलाकार द्वय पशुपति शर्मा र जमुना सनम र केही नयां आजीवन सदस्यहरु हुनुहुन्थ्यो ।

मिडिया संयोजक फडिन्द्र भट्टराई र प्रसुना कंडेलले संचालन गरेको बहु प्रतिक्षित दोश्रो चरणको कार्यक्रममा पशुपति शर्माका गीत र गुल्मेली नौमती बाजासंगको नाच नै प्रमुख आकर्षणमा रहे । स्टेजमा उत्रिना साथ प्रशस्तै चोटिला र रसिला गित पस्किएका गायक पशुपति शर्माले सयौ दर्शकहरुलाई एकैचोटी नाच मैदानमा उतार्न सफल भएका थिए । अर्की कलाकार जमुना सनमले नौमतिमा पशुपतिसंग दोहोरी गाउनुका अलावा आफ्नो एकल गायन समेत प्रस्तुत गर्नु भएको थियो । gulmi 2

त्यसैगरी गायकहरु बिबेक श्रेष्ठ, सुजन पराजुली तथा दिपक थापाले घन्काएका गीतमा पनि दर्शकहरु कतै भावुक त कतै रोमाञ्चित थिए । नाच्दानाच्दै पसिनाले निथ्रुक्कै भिजेका दर्शकहरुको ध्यान कार्यक्रमको निरन्तरतातिरै थियो । बीच बिचमा प्रस्तुत गरिएको नृत्यमा स्थानिय कलाकारहरु रिमा भण्डारी, सुचिता गौतम, सजना भण्डारी, प्रेरणा आचार्य, अनिता भण्डारी, अर्चना गैरे रहेका थिए ।

हल भित्र पशुपति शर्माका गीतहरु गुन्जिरहदा बाहिर चौरमा बिबिक्यूको मजा लिदै कतै डम्फु मादलमा लोक झ्याउरे त कतै नौमतिको बाजाको नाचले नेपालमा लाग्ने राम रमिताको झल्को दिइरहेका थिए । झ्याउरे र नौमतिको संयोजनमा संस्थापक अध्यक्ष ओमप्रसाद थापा आफै हुनुहुन्थ्यो । कार्यक्रमकै बिचमा गोकुल भण्डारी, कमला अर्याल, तथा टिएन रिजालले कविता वाचन गर्नुभएको थियो भने उपाध्यक्ष ओम गुरुंगले राफल चिट्ठा संचालन गर्नुभएको थियो । अन्त्यमा नौमती बाजाको तालमा नाच्न रमेका दर्शकहरु समापन तिर हेम बिष्टको डिजेमा झुमेका थिए ।

आमन्त्रित पाहुनासहित एक हजार भन्दा बढी सहभागी भएको जानकारी कोषाध्यक्ष्य टोप पल्लीले दिनु भएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा प्रतिष्ठित पेशाकर्मीहरुको उल्लेख्य उपस्थिति थियो । ***

 

तपाईको प्रतिक्रिया