Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

बरदुवइ (युएई) – नेपाल कम्युष्टि पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले नेपाल र भारत विचमा हुन लागेको ऊर्जा व्यापार सम्झौताले राष्ट्रियता खतरामा पर्ने बताएका छन ।

नेपाली एकता समाज युएइले बरदुवइमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले उक्त कुरा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणमा हुन गइरहेको दुइ देश विचको ऊर्जा व्यापार सम्झौता आपत्तिजनक रहेको र यसवाट नेपालप्रति भारतीय नीति छर्लङ्ग भएको जनाए । भारतले नेपाली जल सम्पदामाथि एकाधिकार कायम राख्न खोजेको र त्यसका लागि नेपाल सरकारमा रहेका भारतका मतियारहरु खुलेरै लागेको बताए ।१९५० को सन्धिको विषयमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उनले भने – १९५० को सन्धि पुनरावलोकन होइन खारेज हुनुपर्दछ र एउटा सन्धि खारेज गरेर अर्को राष्ट्रघाती सन्धि गरेर जनता भुलाउन पाइदैन ।

राज्यमा संघियता भयो भने राज्य खण्डीकृत हुने र नेपालमा सिक्किमीकरण सम्भावना रहने कुरा प्रकाश पर्दै जनजाति, दलित, मजदुर, किसान, महिला लगायत सम्पूर्ण उत्पीडित जाति धर्म लिङ्ग सबैको एकात्मक केन्द्रिकृत सरकारबाटै सम्बोधन हुनुपर्ने उनको अडान थियो ।

नेकपा मसाल अन्तर्गतको नेपाली एकता समाजको आन्तरिक प्रशिक्षणमा रहेका नेता सिंह संगै अन्तर्राष्ट्रिय एकता समाजका सल्लाहकार गंगा गौतम कतार हुँदै युएइमा आएका हुन । नेपाली एकता समाज युएइको आन्तरिक प्रशिक्षण पनि सकिएको अन्तर्राष्ट्रिय एकता समाजका सदस्य शिवराज जैसीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया