लुभेन – बेल्जियममा रहेका नेपालीहरुलाई आपतबिपतमा सहयोग गर्ने उद्देश्यले स्थापित परोपकारी कोषलाई निरन्तरता दिदै कठिन अवस्थामा रहेका नेपालीहरुका लागि विशेष कार्यक्रमको योजना अगाडि बढाउने घोषणासहित एनआरएन बेल्जियमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम गत आईतवार बेल्जियमको लुभेनमा सम्पन्न भएको थियो ।

परोपकारी कोषमा सहयोग बढ्दै गएको उल्लेख गर्दै एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले तत्काल असजिलो अवस्थामा रहेकालाई सहयोग उपलब्ध गराईएको बताउदै निकट भविष्यमा मापदण्ड निर्धारण गरी सहयोग वितरण कार्यलाई प्रभावकारी गराउने भावी कार्यक्रम रहेको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव कुमार पन्तले शुभकामना सहित गैर आवासीय नेपालीहरुको चिन्ता नेपालप्रतिकै रहको र यप्रति एनआरएनले नेपालको पर्यटकीय बिकासमा आफ्नो लगानी अगाडि बढाउन लागेको र हाइड्रोपावर निर्माण गाडि बढिरहेको समेत जानकारी गराएका थिए । 
एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापाले नेपाल र नेपालीको समृध्दिला लागि स्थापित एनआरएनले नेपालमा विभिन्न कार्य गर्न शुरु गरेको बताउदै एनआरएनको ‘एक पटकको नेपाली संधैको नेपाली’ भन्ने मागलाई संबिधानमा सुनिश्चित गर्न माग गरेका थिए । यसैगरी एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएनले देश बिदेशमा थुप्रै परोपकारी कार्य गरेको उल्लेख गर्दै संस्थाको बिकासका लागि सबैको सहभागिता र सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि लक्ष्मण खनालले नेपाल र नेपालीको समृध्दिका लागि गरिने कार्यमा दूतावासको सधै सहयोग रहने बताउदै सुरक्षित आप्रावास सम्वन्धमा एनआरएनले उठान गरेको कुराले दूतावासको ध्यानाकर्षण भएको जानकारी गराए । 
उक्त कार्यक्रममा एनआरएन बेल्जियमका आईसीसी सदस्यद्वय शिवकुमार बरुवाल, जानकी गुरुङ, पूर्व अध्यक्ष पीजी शेर्पा, बिपी प्रतिष्ठानकी सीता सापकोटा, जनसम्पर्क समितिका अध्यक्ष सुवाष जोशी, प्रवासी नेपाली मंचका अध्यक्ष अर्जुन गुरुङ, जन प्रगतिशील मंचका अध्यक्ष चित्र सुबेदी, जन प्रगतिशील मंचका अध्यक्ष प्रेम पाठक, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कंडेल, राप्रपा प्रवासी संगठनका महासचिब दीपेन्द्र केसी, टाक्स फोर्सका सदस्य गंगाधर गौतमका साथै बेल्जियमस्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले एनआरएन बिषयमा आफ्ना भनाईहरु राखेका थिए। 
साधार सभाको खुला सत्र अन्तर्गतको कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई स्वागतार्थ संस्थाको तर्फबाट उपाध्यक्ष गोपाल सिंखडाले स्वागत मन्तव्य राखेका थिए । राष्ट्रियगान सहितको धूनबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।
दुई चरणमा सम्पन्न कार्यक्रम अन्तर्गत दोश्रो सत्रमा एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले प्रस्तुत गरेको प्रतिबेदन सामान्य संसोधनसहित र कोषाध्यक्ष नरहरी सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिबेदनलाई सभाले पारित गरेको थियो ।***








