Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

दुबई – नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसर पारेर अन्य मुलुकमाझैं अरव मुलुक दुवइमा पनि साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
स्याङजा समाज दुवइको आयोजनामा आगामी अगस्त २९ तारिखका दिन दुवइको बरस्थित एक होटलमा तीज धमाका २०१४ सञ्चालन हुने भएको हो । हाल वैदेशिक रोजगारीका लागि दुवइ भित्रिने नेपाली महिलाहरुको संख्या निकै बढ्दै गइरहेको भन्दै समाजले विदेशी भूमिमा पनि स्वदेशी मनोरञ्जन आदान प्रदान गर्न कार्यक्रम गर्न लागेको जनाएको छ ।

कार्यक्रमलाई मर्यादित र मनोरञ्जनात्मक बनाउनका लागि आन्तरिक तयारी जारी रहेको कार्यक्रमका संयोजक राजु पाण्डेले जानकारी दिनुभयो । संस्कृति जोगाऔं, अस्तित्व बचाऔं भन्ने मुल नाराका साथ हुन लागिरहेको यस कार्यक्रममा नेपालबाट चिरपरित राष्ट्रिय लोकगायिका देबी घर्ती र गायक राजु ढकालको प्रस्तुती रहने पाण्डेले बताउनुभयो । विगतका वर्ष देखि सञ्चालन हुँदै आएको तीज विशेष कार्यक्रममा सम्पूर्ण नेपाली महिला लगायत दाजुभाइमा उपस्थित भई भरपुर मनोरञ्जन लिन समाजले आमन्त्रण गरेको छ ।

 

तपाईको प्रतिक्रिया