Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

Singer Radhika hamalदुबई – यस बर्ष २०७१ को महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा युएइस्थित कार्यरत दाजुभाइ तथा दिदीबहिनीहरुसंग नाच्न, गाउन र दर खान चर्चित गायिका राधिका हमाल दुबई आउने भएकी छिन् । आगामी १५ अगस्त शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा नेपाली जनसम्पर्क दुबई क्षेत्रीय समिति युएइको आयोजनामा हुन गइरहेको ‘तीज धमाका २०१४’ कार्यक्रमको बिशेष निमन्त्रणामा आउने भएकी हुन् ।

लिवाङ ५, रोल्पामा जन्म भई विगत १५ बर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी गायिका राधिका हमालले डेउदा, लोक गीत, लोक पप, फिल्मी गीत र तीज गीत गाएकी छिन् भने हालसम्म लगभग तीन हजारभन्दा धेरै गीतहरु गाइसकेकी छिन् । उहांले गाएको चर्चित लोक गीतहरुमध्ये ‘दिलको ढोका बन्द गरेर’, ‘क्याम्पस पढ्न आउने’, ‘ढल्क्यो जोवन’ र ‘अल्लारे कान्छाको हेराई ज्यान मारा’ हुन भने तीजको गीतहरुमा ‘पढ्ने यो बेलामा पढ केटा हो’, ‘लरक्कै लरक्यो यो साडी भुंइमा’, ‘अचम्मै राम्रो नाच्छ मोराले’ र ‘वेडनाको पोको’ रहेका छन् ।

कार्यक्रमको सिलसिलामा ११ देशहरुमा भ्रमण गरिसकेता पनि दुबईमा भने पहिलो पटक आउने भएकी हुन् । अब अर्को कार्यक्रमका लागि अष्ट्रेलिया र स्पेन जान तयारीमा रहेकी गायिका हमाल काठमाडौंमा तीजको गीत रेकर्डिङमा व्यस्त रहेको बताउँछिन् । गायिका राधिका हमाल तीज मनाउन दुबई आउने भएपछि युएईका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु निकै उत्साहितमा छन् ।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक तथा व्यवस्थित बनाउनका लागि आयोजक समिति लागिपरेको नेपाली जनसम्पर्क दुबई क्षेत्रीय समिति युएईका अध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले बताउनुभएको छ । यस तीजको कार्यक्रममा महिलाहरुको धेरै सहभागिता हुने महिला संयोजक विमला सापकोटाले दावी गरेकी छिन् । यस ‘तीज धमाका २०१४’ कार्यक्रमको संयोजकमा राजेन्द्र अधिकारी, व्यवस्थापनमा भुवानी तिमिलसिना र महिला संयोजकमा विमला सापकोटा रहेकाछन् ।
विगतमा जस्तै यो सालमा पनि युएईमा तीजको निकै चहल पहल देखिन्छ । बिशेषगरी महिलाहरुमा उत्साह बढ्दो छ । कतिपय महिलाहरुले रातो साडी र हरियो छड्के तिलहरी नेपालबाट मगाउने प्रक्रियामा छन् भने कसैको बजारमा धुईरो देखिन थालेको छ ।

 

तपाईको प्रतिक्रिया