सउल – रसियामा हालै सम्पन्न पाँचौं बिश्वा पारा तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडि यादव कुँवरले रजत पदक हासिल गरेका छन ।
यस पदक संगै उनी बिश्व पारा तेक्वान्दोमा रजत पदक प्राप्त गर्ने पहिलो नेपाली बन्न सफल भएका छन् । यस अगाडि उनले स्वीजरल्याण्डमा भएको चौथो बिश्वा पारा तेक्वान्दोमा नेपाललाई काँस्य पदक दिलाएका थिए । उनी ६१ केजीको तौल समुह अन्तरगत भएको फाईनल खेलमा रसियाका खेलाडि लियोन त्सिज्भासंग पराजित भएका थिए ।

विश्वभरबाट ४१ देशका खेलाडिहरुको सहभागिता रहेको सो प्रतियोगितामा ११८ जना खेलाडीहरुले भाग लिएका थिए । उनीसंग तेक्वान्दो कोच जनार्दन ढुंगेल र टीम म्यानेजर लोकेन्द्र आचार्य पनि उपस्थित थिए । ***








