Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – स्पेनको वार्सिलोनामा एनआरएनको सातौ युरोपियन क्षेत्रिय वैठकमा पत्रकार महासंघ युरोप शाखा र एनआरएनका उच्च पदाधिकारी विच एक संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । एनआरएनको युरोपियन वैठकमा भाग लिन आएका संसारभरका एनआरएन प्रतिनिधी तथा नेपाल र युरोपमा रहेका नेपाल पत्रकारहरु सहभागी रहेको सो कार्यक्रममा पत्रकार महासंघ युक शाखाका अध्यक्ष चिरण शर्माले एनआरएन अभियानमा मिडियाकर्मीको भूमिका वारेमा आफ़्नो धारणा राखेका थिए ।

एनआरएन युरोपियन रिजनका सहसंयोजक सोम सापकोटाद्धारा संचालित कार्यक्रमका पत्रकार महासंघ युरोप शाखाका पाषर्द ओम शर्माले सहभागी सवैलाई स्वागत गरेका थिए । पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष पुष्प वरुवालले युरोपमा रहेका पत्रकारको भूमिका एनआरएनको अभियान प्रचारप्रसारमा निकै सक्रिय रहेता पनि उतिक्कै कार्यक्रम हुंदै गर्दा निकै उपेक्षित रहेकको स्थितिका वारेमा चर्चा गरेका थिए । साथै उनले स्थानिय पत्रकरको समस्याका वारेमा पनि चर्चा गरेका थिए ।

एनआरएनका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो पूर्व अध्यक्ष जिवा लामिछाने र अध्यक्ष शेष घलेले सम्वोधन गर्दे एनआरएन पत्रकार महासंघ युरोप शाखा र युके शाखा संग सहकार्य गर्न हरपल तयार रहेको जनाएका थिए ।
कार्यक्रमका सभापतित्व गरेका पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष महेश थापाले युरोपमा रहेका मिडियाकर्मी साथीहरुले एनआरएनको हरेक अभियानमा प्रचारप्रसार गर्न उतिक्कै सक्रिय भूमिका खेलेको अहिलेको परिपेक्षमा अवको दिनमा युरोपमा रहेका हरेक देशको एनआरएन
एनसीसीले स्थानिय मिडियाकर्मीलाई वढी महत्व दिन आग्रह गर्दै एनआरएनले उहांहरुको पेशागत स्वतन्त्रता सुरक्षा र युरोपमा व्यवसायिकतामा प्रत्याभूति दिनुपर्ने जनाएका थिए । कार्यक्रमका नेपालवाट आएका र युरोपका विभिन्न देशमा रहेका नेपाली मिडियाकर्मीले आफ़्नो धारणा राखेका थिए ।

एनआरएन युरोपियन क्षेत्रको सातौ वैठक हुदै गर्द पहिलोपटक भएको सो अन्तरक्रियाको उपलव्धी स्वरुप एनआरएन युरोप वैठकले आगामी दिनमा एनआरएनले पत्रकार महासंघ युरोप शाखा र युके शाखासंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्ने निर्णय गरेको छ ।***

तपाईको प्रतिक्रिया