Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – क्यानडाका नेपालीहरुको आगमनको इतिहासले आधा शताब्दी नाघिसकेको छ । तर नेपालीको संख्या अनुमानित पन्ध्र हजारको हाराहारी मात्र भएको पाईन्छ । त्यसमध्य सबैभन्दा बढी नेपालीहरु पाँचहजारको हाराहारीमा विशाल टोरोन्टो क्षेत्रमा रहेका छन् । त्यही टोरोन्टोमा क्यानडाका प्रतिष्ठित नेपालीकारुपमा परिचित आफ़्नै वित्तीय परामर्श दिने व्यवसाय गर्दै आउनुभएका टोरोन्टोका लागि अवैतनिक महावाणिज्य दूत डा. कुञ्जर शर्मा चार दशक अघिदेखि बस्दै आउनुभएको छ । डा. शर्मालाई उत्तर अमेरिकामा नचिन्ने विरलै होलान । एएनएदेखि एनआरएनको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने डा. कुञ्जर शर्मा साठीको दशकमा क्यानडा आउनुभएको थियो र त्यसपछि अध्ययनसँगै घरजम गरेर बसाबास गर्दै आउनुभएको छ ।

उहाँको एकमात्र सन्तान ३२ वर्षीय बेञ्जामिन शर्मा यसपटक टोरोन्टोको ट्रिनिटी-पाडायना क्षेत्रबाट सत्ताधारी दल कन्जर्भेटिभ पार्टीका तर्फबाट यही जुन ३० मा सम्पन्न हुने उपचुनावमा प्रत्यासी बन्नुभएको छ । उहाँको प्रतिष्पर्धा एडिपीका जो क्रेसी रलिबरल दलका आडम भनसँग हुँदैछ । सत्ताधारी दलको उम्मेदवारकारुपमा केन्द्रीय राजनीतिमा कदम बढाउन थालेका शर्माको समर्थनमा आप्रवासी समुदाय गोलबन्द भएर लागेका छन् ।

Benjaminनेपाली समुदायसंग श्री बेञ्जामिन शर्माको सम्बन्ध सानैदेखि गाँसिदै आएको छ । नेपाली समुदायका प्रतिष्ठित समाजसेवीका रुपमा परिचित डा. कुञ्जर शर्मासंगै नेपाली कार्यक्रमहरुमा नेपाली टोपी लगाएर उपस्थित हुने गोरो केटो आज नेपाली समुदायको प्रतिनिधित्व गर्दै क्यानडाको संसदीय चुनावमा प्रत्यासी बन्नुभएको छ । एउटा जेहेन्दार विद्यार्थीकारुपमा रहँदै आएका वेनले डमेन स्कुल अफ म्यानेजमेन्टबाट ग्रायजुएशन गरेपछि आफ़्नो अध्ययनलाई निरन्तरता दिदै उहाँले प्रिन्सटन युनिभर्सिटीबाट स्लेभिक लिङ्ग्युष्टिकको अध्ययन पुरा गर्नुभएको छ भने हार्वर्ड युनिभर्सिटीबाट रस्सियन एरिया स्टडिजमा स्नाकोत्तर गर्नुभएको छ । त्यसपछि टोरोन्टो विश्वविद्यायलबाट एमबिए सोही विद्यालयबाट कानुनको अध्ययन गर्नुभएको छ । उहाँलाई एक शिक्षित युवा उम्वेदवारकारुपमा हेरिदैं छ ।

क्यानडामा पहिलोपटक नेपाली समुदायबाट प्रतिनिधित्व हुने यस चुनावलाई यहाँका नेपाली समुदायले रुचिपूर्वक हेरिरहेका छन् भने समुदायबाट प्रचारप्रसार कार्यमा सहयोग पनि हुँदै आएको छ । पाडायना क्षेत्र समुदायिक हिसाबले विविध जातजातिका बासिन्दाहरुसँगै चिनियामुलका बासिन्दाको बाहुल्यता रहेको छ भने त्यसपछि अन्य समुदायका बासिन्दाहरु पनि बस्दै आएका छन् । यो क्षेत्र टोरोन्टोको मुटुमा पर्ने भएकोले यसलाई एक महत्वपूर्ण चुनाव क्षेत्रकारुपमा हेरिदैंछ । राजनीतिक हिसाबले यहाँ एनडिपी अर्थात नेसनल डेमोक्रेसी पार्टीका उम्मेदवारले जित्दै आएकाछन् भने लिवरल दलले पनि यसअघिको चुनाव जित्दै आएको थियो । यसअघि यस क्षेत्रको प्रतिनिधित्व गर्दै चिनियामुलकी क्यानेडियन जुलियाचाउले गर्दै आएकीथिईन । तर उनले आउँदो अक्टोबरमा हुने टोरोन्टोको मेयरको प्रत्यासी बन्ने भएकोले उक्त संसदीय क्षेत्रबाट गत मार्चमा राजीनामा दिएपछि अहिले उपचुनाव हुन लागेको हो । २०११ मा सम्पन्न चुनावमा यहाँ ९५,३६३ मतदाता रहेकोमा ६५६११ अर्थात ६८.८ प्रतिशत मत खसेको थियो ।

बेनको उम्मेदवारीसँगै उनको पक्षमा चुनावी लहर ल्याउन नेपाली समुदायको भूमिका महत्वपूर्ण रहने छ । बेनको जितसँगै क्यानडामा नेपालीहरुको सही पहिचान हुने विश्वास नेपाली समुदायले गरेको छ । त्यसैले बेनको उपस्थितिले नेपाल र नेपालीको अस्तित्व बनाई राख्नमा ठूलो टेवा मिल्ने विश्वास गर्न सकिन्छ । यस अर्थमा बेनको चुनाव अभियान नेपाली समुदायका लागि अग्नीपरीक्षा बनेको छ । यहाँ रहेका नेपाली संस्थाका अविभावकका रुपमा सहयोग गर्दै आएका डा. कुञ्जर शर्माको सहयोगमा धेरै हातहरु अगाडि बढ्दैजाने अपेक्षा गरिएको छ ।
युवा समुदायको प्रतिनिधित्व गर्दै नयाँ जोश र जाँगरका साथ अगाडि बढिरहेका बेनको चुनावीप्रचार प्रसारमा युवा समुदायले विशेष पहल गरिरहेका छन् । घरदैलो कार्यक्रमका माध्यमबाट बेनले आफ़्नो भूमिका र अटवा सरकारको समर्थनमा जनचाहना अनुरुप काम गर्दै जाने मतदाताहरुको विश्वास जित्दै गईरहेका छन् । **

 

तपाईको प्रतिक्रिया