Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

पेरिस – पेरिसस्थित नेपाली राजदूतावासको आयोजनामा हिजो फ़्रान्स, ग्रीस, मोनाको तथा पोर्चुगलमा रहेका नेपाली अवैतनिक वाणिज्यदूतहरु संग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । यस प्रकारको कार्यक्रम प्रथम पल्ट आयोजना भएको हो ।

सो अवसरमा क्रमश फ़्रान्सको रुवांमा रहेका डा. दिदिएबर्नार्ड, ग्रीसको एथेन्समा रहेकार् इमानुइल काराभेलाकिस, मोनाकोको मोन्टकार्लोमा रहेका अलेक्जान्डर मोघादम तथा पोर्चुगलको लिस्बोनमा रहेका मकरबहादुर हमालको उपस्थिति थियो । राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख रामबाबु ढकाल तथा सहचारी धानिकलाल महतो पनि उपस्थित रहेको थियो ।
सो अवसरमा बोल्नुहुँदै फ़्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि मोहनकृष्ण श्रेष्ठले यस प्रकारको अन्तरक्रिया सर्बप्रथम आयोजना गरिएकोमा सहभागी अवैतनिक वाणिज्यदूतहरु सवैलाई स्वागत गर्नुहुँदै नेपालका वारेमा जानकारी राख्न विभिन्न वेभसाईट दैनिक रुपमा हेर्न आग्रह गर्नुभएको थियो । नेपाल सरकारले सवै देशहरुमा राजदूतावास स्थापना गर्न नसक्ने भएकोले अवैतनिक वाणिज्यदूतहरुवाट विशेष सक्रियताका साथ नेपाल प्रवर्ध्दन गर्ने कार्यमा सरिक हुने अपेक्षा गरिएको तथा आर्थिक कूटनीतिका लक्ष्यहरु हासिल गर्न विभिन्न कार्यक्रहरुको तर्जुमा तथा कार्यान्वयन गर्न आवश्यक रहेको कुरा औल्याउनुभयो । साथै राजदूत श्रेष्ठले वहांहरुलाई नेपाल तथा आफु रहेको मुलुकविचको सम्वन्धलाई वढावा दिने कार्यमा प्रयत्नशिल रहन पनि आग्रह गर्नुभएको थियो ।

मन्तव्यकाक्रममा रुवांमा रहेका अवैतनिक वाणिज्यदूत डा. बर्नार्डले सन् १९९६ देखि आफुले यस पदमा रही कामकाज गरी आएको र नेपालको भ्रमणमा जानचाहने फ़्रेन्चको संख्यामा वृध्दि भै आएको र आफुले पनि विभिन्न संघसंस्था, रोटरी, लायन्स क्लबहरुमा गै नेपालको चिनारी प्रस्तुत गर्ने गरेको कुरा बताउनुभएको थियो । काराभेलाकिसले आफु नेपालको अवैतनिक वाणिज्यदूत पदमा केहि समय अगाडि मात्र नियुक्ति भएता पनि ग्रीसवाट नेपालमा पर्यटन प्रवर्ध्दन गर्न सक्रियरुपमा लागिपरेको कुरा बताउनुभएको थियो । वहाँले सिधा हवाईसम्पर्क नभएको कारणले समय लाग्ने तथा खर्च पनि वढि लाग्ने गरेको समस्या पनि औल्याउनुभयो । वहांले केहि नेपाली निकासीयोग्य वस्तुहरुले ग्रीसमा बजार पाउन सक्ने वारेमा आफुले अध्ययन गरीरहेको र विस्तारै दुइ देश विचको सम्वन्धलाई वढावा दिन क्रियाशील रहने विश्वास दिलाउनुभएको थियो । वहांले नेपालमा प्रचलित कर प्रणाली तथा व्यापार व्यवसाय विधिका वारेमा जिज्ञासा राख्नुभयो । मोनाकोका अवैतनिक वाणिज्यदूत मोघादमले प्राकृतिक सुन्दर देश नेपालको अवैतनिक वाणिज्यदूतमा नियुक्ति पाई काम गर्न पाएकोमा आफु अति खुशी रहेको तथा हालै अन्य ९ जना साथीहरु साथमा लिई नेपालको भ्रमण गै फ़र्केको कुरा वताए । नेपालको आर्थिक कूटनीतिका वारेमा आफुलाई जानकारी भएको र नेपालमा भौतिक पूर्वाधारहरुको अझ दू्रततर विकास भएमा प्रचुर बैदेशिक लगानी ओईरिन सक्ने संभावना रहेको भन्नुभयो । आउने दिनमा नेपालमा मोनाकोवाट पर्यटन प्रवर्ध्दन गर्न अझ वढि सक्रिय रहने विश्वास दिलाउनुभयो । लिस्बोनमा रहेका वैतनिक वाणिज्यदूत श्री हमालले आफु पनि भर्खर जस्तो यो पदमा नियुक्ति भएकोले कामहरु सिक्दै रहेको र गत १४ मे २०१४ का दिन भगवान बुध्दको जन्मजयन्तिको उपलक्ष्यमा लिस्बोनमा एक रयाली निकाली भगवान गौतम बुध्द तथा वहाँको पवित्र जन्मथलो लुम्बिनीको प्रचार प्रसारमा मद्दत पुरयाएको कुरा बताउनुभएको थियो । साथै वहांले नेपाल तथा पोर्चुगल विच हावापानीलगायत अन्य कतिपय कुराहरुमा समानता रहेकोले पोर्चुगलवाट नेपालमा पर्यटन विकासको राम्रो संभावना रहेको बताउनुभयो ।

अन्तरक्रियापश्चात छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ राजदूत श्रेष्ठ तथा उपनियोग प्रमुख ढकालले दिनुका साथै धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको अन्तमा दिवाभोजको पनि ब्यवस्था रहेको थियो । ***

 

तपाईको प्रतिक्रिया