Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

लण्डन –  नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायमाझ बेलायती नेपाली सञ्चारमाध्यमप्रति पाठकहरुको अनुभव, रुचि र आवश्यकताका बारेमा सर्भेक्षण सुरु गरेको छ ।

बेलायतका नेपाली मिडिया र पत्रकारहरुलाई पाठकको अभिरुचि बुझी सो अनुसार आफूलाई परिमार्जन र परिवर्तन गर्न मद्दत पुर्‍याउने उद्देश्यले सर्भेक्षण गर्न लागिएको शाखाका वरिष्ठ उपाध्यक्ष नरेश खपाङगीमगरले जानकारी दिए ।

गत शनिबार लण्डनस्थित नेपाली दूतावासमा गणतन्त्र दिवस मनाउन आयोजित कार्यक्रमको अवसर पारेर बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले सर्भेक्षणको सुरुवात गरेका थिए ।

नेपाली पत्रकारहरुको मूल्यांकन नेपाली समुदायबाटै हुनुपर्ने बताउँदै शाखाका अध्यक्ष चिरन शर्माले सर्भेमा भाग लिन बेलायतस्थित नेपालीहरुलाई आग्रह गरेका छन् ।

सर्वेक्षणको प्राविधिक साझेदार सेन्टर फर नेपाल स्टडिज (नेपाल अध्ययन केन्द्र) यूके छ । सर्वेक्षणमा भरिएका व्यक्तिगत विवरण गोप्य र सुरक्षति रहने भएकाले ढुक्क भएर सहभागी हुन केन्द्रका डा. कृष्ण अधिकारीको अपिल छ ।
यस्तै, तमुधिं यूकेको आयोजनामा अल्डरशटमा सम्पन्न गोर्खाकप फुटबल प्रतियोगिता हेर्न आएका नेपालीमाझ पनि सर्भे गरिएको थियो । नेपाली टिभी, यूकेका कार्यकारी निर्देशक विजय थापाबाट शुरुवात गरिएको सो सर्भेक्षणमा करिब दुई दर्जन नेपालीले सहभागिता जनाएका थिए । सर्भेक्षणमा शाखाका केन्द्रीय पार्षद तथा पदाधिकारी, कार्यसमिति सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकारहरुले स्वयंसेवी रुपमा तथ्यांक संकलन गरेका थिए ।

१८ वर्ष उमेर पूरा गरेका विभिन्न उमेर समूह र विभिन्न पेशा, व्यवसायमा आवद्ध करिब २०० नेपालीमाझ गरिने सो सर्भेक्षण यूकेको फानब्रो, अल्डरशट, पिटरबरो, स्कटल्याण्ड, वेल्स्, प्लमस्टेड, फोल्क्स्टोन लगायत नेपाली समुदायको घनावस्ती भएको क्षेत्रमा गरिने शाखाले जनाएको छ ।

अगस्ट महिनाको अन्त्यमा सर्भेक्षण पूरा गरी प्राप्त नतिजा र सुझावहरु नेपाली समुदायमाझ सार्वजनिक गरिने खपाङ्गीमगरले जनाए ।  ***
IMG_8467 IMG_8496 photo 1 photo 2 pictures121212-138 pictures121212-150 pictures121212-163

तपाईको प्रतिक्रिया