Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

टोकियो – युएइमा क्रियाशिल रहेका पत्रकार खेमराज खनाललाई कुनै एक नेपालीले सुराकी गरी दुबई प्रहरीमा पक्राउ गराएको घटनाप्रति नेपाल पत्रकार महासंघ युएई शाखाले एक विज्ञप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कारणले श्री खनाललाई दुबई प्रहरीले करिब ५ घण्टा हिरासतमा राखेर पछि उनले कुनै गल्ति नगरेको भन्दै छाडिएको थियो ।

उक्त घटनाका कारण पत्रकार श्री खनालमाथि भएको मानहानी एवं पर्न गएको मानसिक असरले उनी मात्र नभएर युएइमा रहेका सम्पूर्ण नेपाली पत्रकार एवं नेपालीहरुको मानमर्दन हुन पुगेको पत्रकार महासंघ युएइको ठहर रहेको बिज्ञप्तीमा बताईएको छ ।

‘सुराकी गर्ने व्यक्ति पनि नेपाली भएकोले ती नेपाली र पत्रकार खनालबिच कुनै समस्या भए सम्बन्धित निकायमा पहिले उजुरी गरेको भए उचित हुनेमा त्यसो नगरी सुराकी गरिनु त्रुटीपूर्ण रहेको महासंघको ठहर छ,’ अध्यक्ष अर्जुन दाहाल र सचिव निमेष गिरीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, – ‘त्यसैले युएइमा कार्यरत नेपाली तथा विभिन्न मिडियामा सम्बन्ध पत्रकारहरु सजग र सचेत रहन यस पत्रकार महासंघ हार्दिक अनुरोध गर्दछ ।’ ***

तपाईको प्रतिक्रिया