Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

बेल्जियम-२५५८औं बुद्ध जयन्तीको अवसरमा “भेनिस अफ नर्थ” को रुपमा परिचित बेल्जियमको मुख्य पर्यटकीय शहरमा शान्ति पदयात्रा सहित वुद्ध जयन्ती मनाइयो ।
एभरेष्ट नेपाली समाज ब्रुगे बेल्जियमले बुद्ध नेपालमा जन्मेका हुन भन्ने नारा तीन भाषामा लेखिएको व्यानर र वुद्धका महत्वपूर्ण सन्देशहरू लेखिएको प्लेकार्डहरू बोकेर शान्तिपदयात्रा सम्पन्न गरिएको थियो । दिनको ठीक १२:१५ बजेबाट शुरू भएको पदयात्रामा सबैभन्दा अगाडि करीव ४ फुटको वुद्धको ध्यान मुद्रामा रहेको मूर्ति (मोटरमा) राखिएको थियो । पदयात्राका क्रममा गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा ६२३ इशा पुर्वमा भएको र त्यसको प्रमाण २४९ इशा पुर्वमा मौर्य सम्राट अशोकले त्यस पवित्रस्थलको दर्शन गरेर आफ्नो भ्रमणको स्मरणमा स्तम्भ निर्माण गरेर लुम्बिनी बुद्धको जन्मस्थल भएकोले आफु त्यहाँ दर्शनार्थीको रुपमा आएको भन्ने अभिलेख लेखेर छोडेको तथ्य प्रमाण लेखिएका पर्चाहरु समेत वितरण गर्ने कार्य भयो । नगर परिक्रमा गर्दै ब्रुगे नगरपालिकाको प्राङ्गणमा पुगेर पदयात्रा सभामा परिणत भएको थियो ।
आयोजक संस्थाका तर्फबाट अतिथिका रुपमा आमन्त्रित लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले आफ्नो मन्तव्यका क्रममा भनुभयो- “हामी नेपालीहरुले जहाँ रहे पनि आफ्नो देशको राष्ट्रिय गौरवको रक्षा, प्रवर्धन र प्रचार प्रसार गर्दै बुद्धको जन्मस्थल लुम्बिनी नेपाल उपर सिर्जित विश्वमा भएको दिग्भ्रमलाई चिरेर सत्यलाई स्थापित गर्न यस किसिमका जानकारीमुलक र फलदायी कार्यक्रम बेल्जियममा मात्र नभई विश्वभरी नै भएका नेपाली संघ संस्थाहरुले पनि आयोजना गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता रहेको विषयमाथि प्रकाश पार्नुभयो ।” साथै उहाँले वुद्धका उपदेशहरूलाइ व्यवहारमा उतार्न सके जीवन सार्थक हुने कुरा पनि बताउनुभयो ।

buddha buddha2
कार्यक्रममा गैर आवाशीय नेपाली संघ, बेल्जियमका अध्यक्ष प्रेम गुरुङले पनि आफ्नो मन्तव्यका क्रममा कार्यक्रम सराहनीय रहेको धारणा राख्नुभयो । सभालाई समापन गर्दै संस्थाका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले भन्नुभयो- “अभियानका विश्व्यापी गतिविधिहरुबाट प्रेरित भएको कारण नै आज यो कार्यक्रम आयोजना गर्न आफुलाई हौसला मिलेको बताउदै युरोपको अत्यन्त व्यस्त समयको बाबजुद कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने र उपस्थिति जनाउनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनिहरुलाई धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभयो ।” सो सभा पश्चात ब्रुगे, बेस्यत्लान २४ मा स्थित सभाहलमा भगवान बुद्धको प्रतिमामा फुलमाला अर्पण गरेर पुजा गर्दै जलपान र प्रसादको समेत व्यवस्था गरिएको थियो ।
ब्रुगे शहर जहाँ दैनिक करीव २० देखि २५ हजार पर्यटकहरूले भ्रमण गर्दछन् ।***

तपाईको प्रतिक्रिया