टोकियो – विश्वभरी छरिएर रहेका स्याङ्जावासीहरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरिएको छ ।
बैदेशिक रोगजार, व्यवसाय, शिक्षा विभिन्न कारणले विश्वको विभिन्न मुलुकमा रहेका स्याङ्जावासीहरुको विचमा आपसी सम्बन्ध प्रगाढ बनाउदै जिल्लामा भैपरी आउने समस्याहरुको समाधान तथा जील्लाको चौतर्फी विकासका लागि पहल गर्ने मुख्य उद्देश्यका साथ विभिन्न मुलुकहरुमा स्थापित स्याङ्जा जिल्लासंग सम्बन्धित संघ संस्थाहरुको छलफल र परामर्शमा समिति निर्माण गरिएको हो ।
स्याङ्जा सहयोग समाज युएइका संस्थापक अध्यक्ष चन्द्र रोकाहाको अध्यक्षतामा गत २२, फेब्रुअरी २०१४ का दिन कतारको दोहामा भएको एक भेलाले स्याङ्जा सहयोग समाज कतारका निबर्तमान अध्यक्ष तथा बर्तमान कार्यसमिति सल्लाहकार प्रमुख टुकराज अर्यालको संयोजकत्वमा २५ सदस्यीय स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय संयोजन समिति गठन गरिएको हो ।
जसको उपाध्यक्ष गुरुनारायण रानाभाट कतार, उपाध्यक्ष राजनकुमार क्षेत्री युके, महासचिव लक्ष्मण खनाल युएइ, सचिव अनन्तकुमार श्रेष्ठ स्याङ्जा, कोषाध्यक्ष पर्शुराम रेग्मी बेल्जीयम, सदस्यहरुमा रामु वस्याल कतार, चोला पाठक साउदी अरब, भूपति न्यौपाने युएइ, राजेन्द्र अर्याल युएसए, जीवन न्यौपाने जापान, टिकाराम अर्याल दक्षिण कोरिया, मुककाजी गुरुङ हङकङ, रामचन्द्र बस्याल केन्या, दिपक गुरुङ बहराइन, प्रकाश श्रेष्ठ काठमाण्डौ, खेम काफ़्ले पोखरा, राजु पाण्डे यएइ, धनबहादुर अधिकारी स्विजरलेण्ड, सन्तोष श्रेष्ठ स्पेन, छविलाल कुवँर रसिया, तोलाकान्त भट्टर्राई ओमन, ठाकुर पौडेल कुवेत, भवानी शंकर तिवारी मलेसिया र कृष्णबहादुर थापा भारत रहेका छन ।
सोही भेलाले चन्द्रबहादुर रोकाहा युएइको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । जसको सदस्यहरुमा राजेश दर्शन अर्याल कतार, पूर्ण केसी कतार, विष्णु हमाल अस्ट्रेलिया, राजु सायद साउदी अरेविया र विल गुरुङ कतार रहेका छन ।
समितिले निकट भविष्यमै विश्वभरी रहेका स्याङ्जालीहरुलाई सर्म्पर्कमा ल्याएर सम्भावित रहेका राष्ट्रहरुमा समाज निर्माण गर्ने र गृह जिल्लामा भौतिक पूर्वावाधार (कृषि, पर्यटन, जलस्रोत) को पहिचान गरि जिल्लाको सम्रग विकास गर्नको लागि लगानीका लागि बृहत योजना ल्याउने, भैपरी आउने समस्याहरु प्रकृतिक प्रकोप, दैविप्रकोप जस्ता समस्याहरुमा स्याङ्जाली तथा गैर स्याङ्जालीहरुलाई आर्थिक नैतिक सहयोग गर्ने, विपन्न तथा गरिव तथा विपन्नहरुलाई प्रथामिकतामा राखि शिक्षाको पहुच पुर्याउने, संयोजक टुकराज अर्यालले जानकारी दिनुभयो । ***








