Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

लण्डन-युरोपकै प्रथम नेपाली मन्दिरको रुपमा मानिएको स्थानीय नेपाली समुदायद्वारा स्थापित पशुपतिनाथ मन्दिर प्लमस्टेड, लण्डनमा महाशिवरात्रि पर्व भब्य रुपमा मनाईएको छ । मन्दिरमा बिहानैदेखि आराध्यदेवको रुपमा मानिने भगवान शिवको पुजा आराधना गर्नको लागि भक्तालुहरुको घुइचो लागेको थियो । पुजारी पण्डित कमल लुइँटेलले बिहानैदेखि भक्तजनहरुलाई पुजा आराधना गराउनुका साथै पूर्वान्ह र अपरान्ह को बिशेष समयमा धुप, बत्ति र आरतिका साथमा धार्मिक पर्वचन समेत गर्नु भएको थियो | स्थानीय महिला अनिता केसी को संयोजनमा पुजा ब्यबस्थापनमा महिलाहरु बिशेष सकृयता रहेको थियो ।

सन्ध्याकालीन बिशेष पुजाको शुरुवात दिउसो ४ बजेदेखि गरिएको थियो जसको खास आकर्षण सांस्कृतिक भजन कृतन रहेको थियो । खैजडी, मजुरा, मादल लगायत मृदंगको सुमधुर आवाज तथा भक्तालुहरुको नाचले मन्दिर परिसर गुन्जायमान भएको थियो । “पोहोर परार सालको तुलनामा निकै ठुलो उपस्थिति रह्यो जसबाट मन्दिर क्षमताको बिस्तार समेत आवश्यकता देखिएको छ ” स्थानीय समाजसेवी सुरज केसीले बताए । ” हाम्रो लागि खुशीको कुरा के भने नयाँ पुस्ताका केटा- केटी समेत यसरी सक्रिय रुपमा सहभागी भएर रमाई रहेका छन, देश बाहिर संस्कृति जगेर्नाको पहलको रुपमा यसलाई लिन सकिन्छ “-अर्का समाजसेवी दाशु पाण्डेले थपे । सो अवसरमा सांस्कृतिक भजन कृतनको संयोजन बिनोद ज्ञवालीले गरेका थिए भने बिबिध परिकार सहितको प्रसाद बितरणमा विभिन्न स्थानीय व्यक्तिहरु खटिएको थियो । मन्दिर बाहिर आगो बालेर धुनी लगाउदै नेपालका देवालयको झल्को दिन खोजिएको बुझिन्थ्यो । अत्यन्तै हर्षित मुद्रामा उपस्थित महिला धर्मालुहरु बिच नाचगान कै तछाड मछाड हेर्न लायक थियो ।

यसका अलावा लण्डनको साउथल लगायत अन्य ठाउमा पनि नेपाली समुदायका हिन्दु हरुले शिवरात्री पर्व धुमधामसंग मनाईएका खबरहरु प्राप्त भएका छन । स्मरणीय के छ भने विभिन्न नेपाली समुदाय तथा जनजातिका आ- आफ्ना चाड पर्वहरु नेपाल भन्दा नेपाल बाहिर बिशेष महत्वका साथ् मनाउने गरिएको पाइएको छ ।***

तपाईको प्रतिक्रिया