दुबई – रुपन्देही जिल्लाबाट रोजगारीको सिलसिलामा युएई आएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको संस्था रुपन्देही समाज युएईको गत शुक्रबार दुबईमा अधिबेशन सम्पन्न भएको छ ।
डीएल शर्माको प्रमुख आतिथ्यता र बिष्णु सापकोटाको सभापतिमा सम्पन्न कार्यक्रमको संचालन राधाकृष्ण पाण्डेले गरेका थिए ।
उक्त भेलामा नेपाली दाजुभाइ तथा दिदीबहिनिहरु तथा अन्य संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । उपस्थित सबैले भेलामा आउन पाउदा खुशी लागेको बिचार ब्यक्त गर्दै समाजले चालेका कदममा सहयोग गर्ने वचनवध्दता व्यक्त गरेका थिए ।
भेलाले बिष्णु सापकोटालाई सर्बसम्मत ढंगले अध्यक्षमा चयन गरेको छ भने उपाध्यक्षमा बिबेक प्रधान, सचिब मानबहादुर थापा, सहसचिब मान थापा, कोषाध्यक्ष हरि चापागाई, सहकोषाध्यक्ष विश्वास पोखेरल रहनुभएको छ । यसैगरी सदस्यहरुमा सिता भुर्तेल, दिपक थापा, अन्नत राना, मुना श्रेष्ठ, हेमन्त न्यौपाने, दिलिप शाही, सुनिल आर्य, प्रतिक सिंह, युवराज सुबेदी, मोति भण्डारी, सन्तोष प्रधान, कृष्ण पौडेल, अनिल क्षेत्री रहेका छन् ।
अन्तमा नबनिर्बाचित अध्यक्षले उपस्थित सबैलाई धन्यवाद दिदै यहां रहेका सबै संघसस्था संग सहकार्य गर्दै काम गर्ने प्रतिबध्दता जाहेर गर्दै रुपन्देहीबासीहरुलाई संस्थामा आबद्ध हुन् अनुरोधसहित अधिवेशन समापन भएको घोषणा गरेका थिए । ***








