Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

abudabiदुबई-नेपाली रोजगारदाताहरुको लागि खाडी मुलुकहरुमध्ये यूएर्इ एउटा राम्रो गन्तव्य थलोको रूपमा मानिन्छ । यूएर्इमा लगभग दुइ लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत रहेका छन् भने अझै भित्रिने क्रममा पनि बृद्धि हुंदै गएको पाईन्छ । नेपाली कामदारहरुको आगमनमा बृद्धि हुदै गएको परिपक्ष्येमा विभिन्न कारणवश मृत्यु हुनेहरुको संख्यामा पनि दिनहुँ बृद्धि हुँदै गइरहेको छ ।
गत १५ नोभेम्बर शुक्रबारका दिन अबुधावीको गयातीस्थित एउटा क्याटरिङमा कार्यरत (चेगा) जुहाङ-३, गुल्मीका २६ वर्षीय गोपाल भण्डारी (टापु) को मृत्यु हुन गएको छ । उनी १४ नोभेम्बर बिहीबारका राति खाना खाएर सुतेपछि १५ नोभेम्बर शुक्रबारका बिहान मृत अवस्थामा पाइएको हो ।
लोकनाथ भण्डारीको चार पुत्रहरुमध्ये माहिला छोरा गोपाल भण्डारी विगत ६ महिना पहिले यूएइर छिरेका थिए । उनको घरमा ३ बर्षपहिले विवहा भएकी श्रीमतीकी साथ १ बर्षीय छोरी समेत रहेकी छिन् ।
यूएर्इको सर्न्दर्भमा हेर्ने हो भने नेपालीहरुको यस्तो अवस्थामा मृत्यु हुनेहरुको संख्यामा बढ्दो छ । किनकी बाहिर ४० डिग्रीदेखि ५५ डिग्रीसम्मको तापक्रममा काम गरेर एसीको चिसो कोठामा सुतेपछि हृदयघातबाट मृत्यु हुनेहरुको संख्यामा बृद्धि हुन आएको हो । डाक्टरको सल्लाह अनुसार एक व्यक्तिले एक दिनमा कम्तिमा पनि चार लिटर पानी पिउनु आवश्यक पर्दछ । डाक्टरको जानकारी अनुसार बाहिर तापक्रममा काम गरेपछि शरीरमा पानीको मात्रा कमि भएपछि एसीको चिसो हावाले गर्दा यस्ता खालका घटनाहरु घट्ने सम्भावना धेरै रहने बताउँछन् ।
लाशलाई अहिले अनुसन्धानका लागि राखिएको छ । अनुसन्धानपछि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाई नेपाल पठाउन पहल गरिने गुल्मी टुडेका सम्पादक मानबहादुर कुँवर र मृतकको आफन्त मिन भण्डारीले जानकारी दिएका छन् । मृतकको निधनप्रति गुल्मीवासीहरुको सांझा संस्था गुल्मी समाज यूएर्इले हार्दिक श्रद्धाञ्जली तथा परिवारप्रति समवेदना प्रकट गरेको छ ।
रोजगारीका लागि यूएर्इ आएका नेपाली कामदारहरुमध्ये प्रत्येक वर्ष ५० जनादेखि ८५ जनाको हाराहारीमा यस्तो किसिमले मृत्यु हुने गर्दछ । नेपाली राजदूतावास अबूधावीका उपनियोग प्रमुख दीपक अधिकारीले दिनुभएको जानकारी अनुसार यस बर्ष मात्रै यसरी मृत्यु हुनेहरूमा ६० जना पुगेको छ ।

तपाईको प्रतिक्रिया