Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

aatmahatyaलण्डन – बेलायतस्थित किङ्गस्टन युनिर्भसिटीमा अध्ययनरत २३ वर्षीय विद्यार्थी आदित्य लिम्बुले हुन्लो वेष्टस्थित आफ्नै निवासको लिफ्टमा झुण्डिएर आत्महत्या गरेका छन्।

उनका बाबुआमा काममा गएको मौका पारी उनले झुण्डिएर आत्महत्या गरेका थिए । आदित्यले आत्महत्या गर्नुभन्दा अघि बाबुआमालाई सम्बोधन गरेर सुसाइट नोट लेखेर छोडेका थिए।

आफ्नो खुसीका लागि आत्महत्या गरेको सुसाइट नोटमा उल्लेख छ। उनले नोटमा आमा बुवालाई धेरै दुःख नमान्नसमेत आग्रह गरेका छन्। बिहीबार साँझ ५ बजेदेखि ८ बजेभित्रको समयमा आदित्यले आत्महत्या गरेको अनुमान बाबु लिम्बुले गरे। आदित्यले आफू बिरामी परेको बताउँदै आएका थिए। तर कस्तो खालको बिमार हो भन्नेबारे आदित्यले परिवारलाई केही बताएका थिएनन्।
‘सधैं बिरामी छु भन्थ्यो, के बिमार हो भनेर सोध्दा तपाईंहरु मेरो रोग बुझ्नुहुन्न भन्थ्यो,’ लिम्बुले भने, ‘विगत महिना दिनदेखि नियमित डाक्टरलाई चेकअप गराइरहेका थिए।’ ‘गत हप्तामात्र रगत परीक्षणको रिपोर्ट आएको थियो। रिर्पोटमा त्यस्तो कुनै खराबी देखिएको थिएन, सबै ठीकै थियो,’ नरेन्द्रले भने।
धरान स्थायी घर भएका आदित्य विगत पाँच वर्षदेखि बाबु नरेन्द्र लिम्बु र आमा दैलाछी लिम्बुका साथमा बस्दै आएका थिए । ***

तपाईको प्रतिक्रिया