Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

साइप्रस-एनअरएन साइप्रसको आयोजनामा २५५७ औ वुद्द जयन्ती सम्पन्न भएको छ । एनअरएन साइप्रसका अध्यक्ष चन्द्रकिशोर शाहको अध्यक्षातामा सम्पन्न उक्त कार्यक्रमकमा प्रमुख अतिथि एनअरएन साइप्रसका प्रमुख सल्लाहकार डा. रामजीवन पन्जियार हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा श्रीमती निमल पन्जियार, एनअरएन साइप्रसका प्रमुख संरक्षक रन्जितकुमार महतो, इदर इब्राहम सिप्रिओट रहनुभएको थियो ।
प्रमुख अतिथि र सभापतिद्वयले शान्तिको दीप प्रज्वलन गरी वुद्द धुन बजाइ कार्यक्रम शुरू गरिएको थियो । एनआरएन साइप्रसका महासचिव जीवन कुमार श्रेष्ठले स्वागत मन्तव्य र शुभकामना दिदै एनआरएन साइप्रसका बारेमा जानकारी दिनुका साथै आउँदो जूनको ३० मा हुने एनआरएन साइप्रसको महाधिवेशनको बारेमा जानकारी गराइएको थियो ।
प्रमुख अतिथिले वुद्ध जयन्तीको शुभकामना दिंदै साइप्रसमा नेपालीहरूले भोग्नु परेका कठीनाइको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी प्रमुख संरक्षक महतोले आफ्ना स्वर्गीय पिता हरेराम महतोको नाममा ५०१ यूरो एनआरएन साइप्रसका आपतकालीन कोषमा सहयोग गर्ने र ५१ हजार नेपाली रूपैयाँ नेपालको कुनै स्कुलमा सहयोग गर्ने प्रतिवद्दता जनाउनु भयो ।
कार्यक्रमको अन्त्यमा एनआरएन साइप्रसका अध्यक्ष चन्द्र किशोर शाहबाट बुद्ध जयन्तीको शुभकामना दिनुका साथै बिशेष सहयोग गरेका श्रीमती ज्ञानु, लिमासोल जिल्ला संयोजक श्रीमती सोना श्रेष्ठ लगायत कार्यसमितीका साथीहरु र उपस्थित दिदिबहिनी दाजुभाइहरुलाई धन्यवाद दिदै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाल हो भन्ने सत्य तथ्य विश्वभरी फैलाउनको लागि शान्तिका अग्रदुत भगवान गौतम बुद्धका जन्मस्थल लुम्बिनी र  नेपाल सम्बन्धी  विभिन्न पोश्टर व्यानर र पलेकार्ड सबै उपस्थित दाजुभाइ र दिदिबहिनीहरुलाई दिएर आ-आफनो बिदेशी साथीहरुलाई बाडिदिनको लागि आग्रह गर्दै कार्यक्रम समापन गरिएको थियो ।
एनआरएन साइप्रसका युवा प्रतिनिधी भुवन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया