युएई-स्याङ्गजा जिल्लाको विर्घा गाविसबाट युएईमा आई कार्यरत रहेका प्रवासी विर्घावासीहरूले विर्घा समाज युएई गठन गरेका छन् ।
दुबई स्थित मेट्रो पार्कमा आयोजित एक भेला विच उक्त समाज गठन गरिएको हो । नव गठित समाजको अध्यक्षमा सूर्यप्रसाद पाण्डे रहनुभएको छ भने कार्यकारी उपाध्यक्षमा विष्णु पाण्डे र मित्रलाल पाण्डे सचिवमा प्रेम थापा, सहसचिवमा चिरञ्जिवी पाण्डे, कोषाध्यक्षमा धुव्र राज पाण्डे, सह-कोषाध्यक्षमा प्रेम सिंह राना रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा क्रमशः मन रुपा पाण्डे, टेक बहादुर राना, इन्द्र प्रसाद पाण्डे, बाबुराम पाण्डे, कुमार राना, हरी पाण्डे, गौतम रादपाल, याम बहादुर विक, छवि पाण्डे, यामु नेपाली, हुमानाथ पाण्डे र निर बहादुर पाण्डे रहनुभएको छ ।
साथै उक्त भेलाले कार्यसमितिको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ जसमा कृष्ण पाण्डे, पशुपती भुषाल र लक्ष्मण थापा चयन हुनुभएको छ ।
समाजले युएईमा प्रवासी नेपालीमाथि हुने समस्याको समाधान गर्न कटिवद्ध रहदै विर्घाबाट आएकाहरूको आँकडा जम्मा गरी विर्घावासीको शिक्षा, स्वास्थ्य लगायत गाविसको विकासमा सहयोग गर्ने कुरा अध्यक्ष सूर्य पान्डेले जानकारी दिनुभयो ।








