छोरीको खोजीमा बाबुको क्रन्दन
युएई– झापा दमकका मोहन भण्डारी प्रायः भेट्ने मान्छेलाई आफ्नो साथमा रहेको तस्बिर देखाउँदै भन्छन्- यो मेरी छोरी हो तपाइले कतै देख्नु भएको छ रु सबैको जबाफ कतै नदेखेको आउँछ । भण्डारी निराशा हुन्छन् तर पुन आफ्नो काममा निरन्तरता दिन्छन् । भण्डारीले आफ्नी छोरी कस्तुरीको खोजी गरेको ४ वर्ष पूरा भयो तर भेटाउन सकेका छैनन् ।नेपाल र भारतका प्राय अधिकांश स्थानमा पुगेर खोजी गरिसकेका भण्डारीले कस्तुरी भेटाउने लाई आकर्षक उपहार दिने भन्दै स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा बिज्ञापन पनि बनाउन लगाए तर कतै पत्तो पाएनन् । भण्डारी आज झिनो आशा भोकेर युएई पुगेका छन् आफ्नी हराएकी छोरी पाउन ।
४ वर्ष अगाडि कक्षा १२ को अर्थशास्त्र विषयको परीक्षा दिने क्रममा केन्द्राध्यक्षले चिट सारेको भन्दै परीक्षा हलबाट निकालिदिएपछि बहकिएकी कस्तुरी घर पुगेर आमा पवित्रालाई कापी किन्न जाने भनेर हातमा नगद १८० मात्र बोकेर हिडेकी आजसम्म फकिर्एकी छैनन् ।








