Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

FNJ-KATARदोहा– राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेतमाथिको आक्रमणप्रति नेपाल पत्रकार महासंघ कतार शाखाले आपत्ति जनाएको छ । ललितपुरको कुपन्डोलस्थित राजधानी दैनिकको कार्यालयबाट पत्रिकाको काम सकेर घर फर्कने क्रममा बस्नेतमाथि भएको आक्रमणप्रति महासंघ कतार शाखाले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञाप्तिमा बस्नेतमाथि १४ बैशाखको राति पत्रिकाको काम सकेर घर फर्कने क्रममा बा. ८ च. ४७०६ नम्बरको गाडीले पिछा गरी हत्या गर्ने प्रयास गरेको थियो । बस्नेत चढेको बा. १० प. ४०६८ नम्बरको मोटरसाइकललाई थापाथली पुग्नेबित्तिकै चोकमा रोकिराखेको रातो प्लेटको उक्त गाडीले पिछा गरेर हत्या प्रयास गरेको थियो ।
मोटरसाइकलमा पछाडि बसेका अर्का राजधानीकर्मी भीम राई रहेका कारण उक्त गाडीले तेस्रो पटक ठक्कर दिने क्रममा मोटरसाइकल पेटीमाथि चढाएर आफू बाँच्न सफल भएको बस्नेतले जनाएका छन् ।
‘नेपालमा प्रेस र पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की तथा आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम हो, यस्ता घटनाले पत्रकारको पेशागत स्वतन्त्रता र सुरक्षामा मात्रै होइन जनताले सत्यतथ्य समाचर प्राप्त गरेर सु–सूचित हुने अधिकारमाथि अंकुश लाग्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कतार शाखाले आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा सरकारले तत्काल कडा कार्वाही गर्नुपर्ने मागसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया